२०८१ चैत्र २६

विश्व स्वास्थ्य दिवसः बुटवल हस्पिटलद्धारा रक्तदान, ६४ युनिट रगत संकलन
  • लुम्बिनी खोज
  • २०८१ चैत्र २५, सोमबार १३:३६ गते

बुटवल २५ चैत्र ।
विश्व स्वास्थ्य दिवसका अवसरमा बुटवल हस्पिटल प्रालिले रक्तदान कार्यक्रम गरेको छ । पछिल्लो समय रगतको अभाव भैरहेको वेला हस्पिटल प्रालिले दिवसको अवसर पारेर रक्तदान कार्यक्रम गरेको हो ।
रक्तदान जीवनदान भन्ने नाराका साथ आयोजना गरिएको रक्तदानमा ६४ युनिट रगत
संकलन भएको छ । बुटवल हस्पिटलले नियमित रुपमा रक्तदान कार्यक्रम गर्दै आएको छ । आफ्नो वार्षिक कार्यक्रम अुनसार आयोजित रक्तदान कार्यक्रममा हस्पिटलका
चिकित्सकहरु, नर्सिङ स्टाफहरु,अन्य मेडिकल तथा प्रशासनका कर्मचारीहरु,
सरसफाईकर्मी तथा सुरक्षाकर्मीहरु, क्यान्टीनका कर्मचारीहरु, विरामीका
आफन्त तथा शुभेच्छुकहरुले रक्तदान कार्यक्रममा भाग लिएका थिए । रक्तदानमा
सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्दै अस्पतालका अध्यक्ष चुन्न प्रसाद
पौडेलले अस्पतालहरुमा रगतको अभाव भैरहेको अवस्थामा रक्तदान
कार्यक्रम गरिएको बताए । उनले रगतदान गरेमा अर्को एक जना
बिरामीको ज्यान वच्न सक्छ भन्ने भावनाको बिकास गर्नका लागि पनि हस्पिटलले
रक्तदान कार्यक्रम नियमित रुपमा गर्दै आएको बताए । एक सय शैया
संचालनमा रहेको बुटवल हस्पिटल प्रा लिले रक्तसंचार केन्द्र बुटवलको
प्राविधिक सहयोगमा कार्यक्रम गरेको अस्पतालका मेडिकल सुपेरटेण्डेन डाक्टर
कृष्ण प्रसाद खनालले बताए ।