२०८२ बैशाख २३
बिगो र जरिवानासहित एक करोड ९ लाख जरिवाना र हदैसम्म कैदको माग
बुटवल २ चैत ।
राजस्व अनुसन्धान कार्यालय, बुटवलले गरेको अनुसन्धानका आधारमा एउटा पसलतथा गोदामले कर छलीको अभियोग पत्र उच्च अदालत तुलसीपुर बुटवलइजलासमा दर्ता भएको छ। सिद्धार्थनगर नगरपालिका, वडा नं. ८, लुम्बिनी गेटमा रहेको सुन्दर हार्डवेयरएण्ड प्लाइउडको पसल तथा गोदामका विरुद्ध मुद्दा दर्ता भएको हो ।
यस पसलमा २०८० भदौ १मा खानतलासी गरी बिल बिजक, खरिद खाता, बिक्री खाता, लगायत अन्य कागजातहरु तथामालवस्तुको भौतिक गणना गरी सोको विवरण लिई अनुसन्धान कर छली गरेको तथ्य फेलापरेपछि मुद्दा दर्ता गरेको कार्यालयले जनाएको छ । राजस्व अनुसन्धान कार्यालय, बुटवलका प्रमुख विवेक घिमिरेका अनुसार जोगेन्द्रअग्रहरीले सञ्चालन गरेको पसल तथा गोदामको खानतलासी तथा मालवस्तुको भौतिकनिरीक्षण गरी बिल बिजक, खरिद खाता, विक्री खाता, लगायत अन्य आवश्यक कागजातहरु तथामालवस्तुको भौतिक गणना गरी विश्लेषण गर्दा उक्त फर्मको मौज्दात किताबमा प्रविष्टिगरेबमोजिमको परिमाण भन्दा भौतिक निरीक्षणबाट प्राप्त परिमाण बढी देखिएको छ । केही मालवस्तुको परिमाण कम देखिनु जस्ता विभिन्नपक्ष समेतलाई हेर्दा निज प्रतिवादीले प्रस्तुत फर्मका नाममा मालवस्तु खरिद गरी मौज्दातकिताबमा प्रविष्टि नगर्नु, बिजक नै जारी नगरी मालवस्तु बिक्री गर्नु, बिक्री भएकोमालवस्तुको अभिलेख बिक्री खातामा प्रविष्टि नगर्नु, पेश गरेको मौज्दात विवरण भन्दा अधिकमालवस्तु गोदामबाट फेला परेको राजश्व अनुसन्धान कार्यालयले जनाएको छ ।
त्यस्तै बढीफेला परेको मालवस्तुको खरिद तथा भन्सार पैठारी गरेको कुनै निस्सा प्रमाण निजलेपेश गर्न नसक्नु तथा कारोबार र कर छल्ने उद्देश्यले न्यून बिक्री देखाई राजस्वचुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (संशोधन सहित) को दफा ४(छ) र (झ)बमोजिमको कसूर गरेको पुष्टि हुन आएकाले मुद्दा दायर गरिएको घिमिरेले बताए ।
प्रस्तुत अनुसन्धानबाट प्राप्त तथ्य र प्रमाणको आधारमा आवश्यक कागजातहरु तथामालवस्तुको भौतिक गणना गरी विश्लेषण प्रतिवेदन अनुसार अग्रहरीले राजस्व चुहावट(अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (संशोधन सहित) को दफा ३ ले निषेध गरेकोकार्य गरी दफा ४ को खण्ड (छ) र (झ) बमोजिम कसूर गरेको पुष्टि हुन आएकोराजश्व अनुसन्धान विभागले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । उक्त राजस्व चुहावटको प्रकृति, गाम्भिर्यता तथाराजस्व चुहावट भएको रकम समेतलाई मध्यनजर राखी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण)ऐन, २०५२ (संशोधन सहित) को दफा २(छ) बमोजिम रु. ५४लाख ४१ हजार चार रुपैयाँ पचासपैसा बिगो कायम र ऐनको दफा २३(१) बमोजिम बिगो असुल उपर गरी बिगोको शतप्रतिशत जरिवाना माग दावी गरिएको छ । त्यस्तै सोही ऐनको दफा २३(१)(क) बमोजिमहदैसम्मको कैद सजाय मागदाबी लिइऐनको दफा २०(१) बमोजिम उच्च सरकारी वकीलकार्यालय, बुटवलबाट प्राप्त निर्णयानुसार सोही ऐनको दफा २०(६) बमोजिम उच्च अदालततुलसीपुर, बुटवल इजलासमा मंगलवार अभियोग पत्र दायर गरिएको छ ।