२०८२ बैशाख २५
बुटवल २४ बैशाख ।
लुम्बिनी प्रदेश सरकारले यही वैशाख ३१ गते छैटाैँ अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सोही दिन दिउँसो १ बजे (बजेट) अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले जानकारी दिए । गत फागुन ७ गते पाँचौँ अधिवेशन अन्त्य गरिएको थियो ।