२०८२ बैशाख २६

विदेशी विनिमय अपचलन कसुरमा २१ लाख भारु जफतको माग दावीसहित मुद्दा दर्ता
  • लुम्बिनी खोज
  • २०८२ बैशाख २५, बिहीबार १५:२३ गते

बुटवल २५ बैशाख ।
राजश्व अनुसन्धान कार्यालय बुटवलले विदेशी विनिमय अपचलन सम्वन्धी कसुरमा २१ लाख भारतीय रुपैया जफतको मागदावीसहित मुद्दा दायर गरेको छ ।
राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख विवेक घिमिरेका अनुसार कपिलवस्तुका राकेश कुमार बर्मा, राजेश कुमार बर्मा, हमिद मुसलमान र जंगबहादुर बर्मा (सोनार) विरुद्ध कपिलवस्तु जिल्ला अदालतमा बिहिवार मुद्दा दायर भएको हो । उनीहरुबाट बरामद भएको ५ सय दरका ४ हजार २ सय ३६ थान र २ सय दरका १ सय थान गरी २१ लाख ३८ हजार भारतीय रुपैया बरामद गर्न मागदावीसहित मुद्दा दर्ता भएको हो । अबैध रुपमा सो मुद्रा ओसार पसार गरेको पाइएकाले बरामद गरी कारवाही प्रक्रिया अगाडी बढाइएको कार्यालयले जनाएको छ । मुद्रासहित नियन्त्रणमा लिइएको भारतीय नम्वर प्लेटको एउटा सवारी साधनपनि जफतको मागदावी गरिएको छ ।