२०८२ बैशाख ३०
लुम्बिनी ३० बैशाख ।
शाक्यवंशीय राजधानी प्राचीन कपिलवस्तु (तिलौराकोट) लाई अन्तर्राष्ट्रिय बौद्ध मार्गीहरुको केन्द्रको रुपमा विकास गर्न गुरुयोजना निर्माण गरेर अगाडि बढाउन खोजेको लुम्बिनी विकास कोषका उपाध्यक्ष डा। ल्याहारक्याल लामाले बताएका छन् ।
उनले प्राचीन शाक्य गणराज्यको राजधानी शहर तिलौराकोटको संरक्षण सम्बर्द्धन तथा प्रबर्द्धन गर्न र पर्यटनलाई सुविधा सम्पन्न क्षेत्रको रुपमा विकास गर्न गुरुयोजना निर्माण गरेर अगाडि बढाउन लागी परेको बताए ।
उपाध्यक्ष डा. लामाले विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नेपाल सरकारको तर्फबाट अन्तिम मनोनयन दस्तावेज यूनेस्को विश्व सम्पदा केन्द्रमा पेश भैसकेको भन्दै
तिलौराकोट छिटै विश्व सम्पदा सूचीमा सूचीकृत हुने विश्वास समेत व्यक्त गरेका छन् ।
बुद्ध जयन्ती मूल समारोह समितिद्वारा आयोजना गरिएको २५६९ औं बुद्ध जयन्ती तथा प्रसुती उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले तिलौराकोटको विकासमा सहयोगका निम्ति स्थानीय जनसमुदाय, सरोकारवाला र प्रदेश सरकारलाई पनि आग्रह गरेका छन् ।
कार्यक्रमको अवसरमा मंगलबार विहान बेबी बुद्धुको प्रतिमालाई शोभायात्रासहित नगर परिक्रमा गराउँदै तिलौराकोट लगेर प्रसूति उत्सव गरिएको थियो ।