२०८२ जेष्ठ १६
बुटवल ३१ बैशाख ।
रूपन्देहीको मणिग्राममा आँखा र दन्त शिविर संयुक्त रूपमा बुधबार सम्पन्न भएको छ । शिविरबाट दुई सय पचास भन्दा बढीले लाभ लिएको आयोजकले बताएका छन् ।
राममणि बहुमुखी क्याम्पसको विस्तारित समिति एवम् स्वास्थ्य तथा सरसफाई एकाईको आयोजना र शिवालय टोल विकाश संस्था, लायन्स आँखा अस्पताल र आधुनिक डेण्टल समाजको संयुक्त सहयोगमा शिविर सञ्चालन भएको थियो ।
मणिग्रामस्थित रामेश्वर मन्दिर प्राङ्गणमा क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीको अध्यक्षतामा आयोजित शिविरमा लायन्स आँखा अस्पताल बुटवलका माला चौधरी नेतृत्वका प्राविधिकहरू र आधुनिक डेण्टल समाजका स्वास्थ्यकर्मी डा. रक्षा अर्याल नेतृत्वका प्राविधिकरूले परीक्षण गरेका थिए ।
शिविरमा स्थानीयबासी, क्याम्पसका विद्यार्थी, कर्मचारी, प्राध्यापक तथा सञ्चालकहरू समेत गरी १३८ जनाको दन्त परीक्षण र ११४ जनाको आँखा परीक्षण गरिएको क्याम्पसको स्वास्थ्य तथा सरसफाई एकाई संयोजक विन्दु आचार्यले जानकारी दिइन् ।
त्यसअघि, क्याम्पस सञ्चालक समितिका अध्यक्ष धु्रवकुमार धितालले शिविरको उद्घाटन गर्दै समुदायमा विविध प्रकारले प्रत्यक्ष लाभ पु¥याउनका लागि क्याम्पस समुदायमा गएको बताए ।
सोही अवसरमा क्याम्पस र आधुनिक डेण्टल समाजका बीच सहकार्यको सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो ।
कार्यक्रममा शिवालय टोल विकाश संस्थाका अध्यक्ष भगवती बस्याल, आधुनिक डेण्टल समाजका रमा पौडेल, उपप्राध्यापक भिमलाल घिमिरे, नोवराज तिवारी, जीवनकुमार पौडेल, विष्णुप्रसाद भुसाल लगायतले शिविरका बारेमा चर्चा गरेका थिए ।