२०८१ श्रावण १२

बुटवल उपमहानगरको मेयरमा कांग्रेसबाट खेलराज पाण्डे सिफारिस
  • लुम्बिनी खोज
  • २०७९ बैशाख ६, मंगलवार ०८:३५ गते

उपमेयरमा ८ जना सिफारिस

बुटवल । नेपाली कांग्रेसले बुटवल उपमहानगरपालिकाको मेयरमा खेलराज पाण्डेलाई सर्वसम्मत सिफारिस गरेको छ। कांग्रेसको बुटवल उपमहानगर समिति बैठकले पाण्डेलाई जिल्लामा सिफारिस गरेको छ ।

नगर सभापतिसमेत रहेका खेलराज पाण्डेसँगै मेयरमा हरि लम्सल , व्यवसायी महेशमान सिंहलगायत पनि मेयरका आकांक्षी थिए। गएको स्थानीय तहको निर्वाचनमा उनी एमालेका बिवराज सुवेदीसँग करिब २४ मय अन्तरले पराजित भएका थिए ।  एमालेका सुवेदीले २३ हजार २ सय ४९ मत पाएका थिए भने पाण्डेले २० हजार ८ सय ५१ मत पाएका थिए। उक्त निर्वाचनमा कांग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन भएको थियो । यस्तै उपमेयरका लागि रिजन श्रेष्ठ, सावित्रा टण्डन, जमुना ढकाल, रिता केसी,रिता सेन वली, गंगा पन्थी, सविता शाक्य र राधा ज्ञवाली सिफारिस भएका छन् ।

एमाले बुटवलले मेयरमा ८ जनाको नाम सिफारिस गरेको छ । बुटवल उपमहानगरपालिकाको नगर प्रमुख ९मेयर० पदका लागि एमाले उपमहानगर कमिटीको बैठकले ३ जना केन्द्रीय सदस्यसहित ८ जनाको नाम जिल्लामा सिफारिस गरेको हो । नगर प्रमुखको उम्मेदवारका लागि अहिलेका मेयर शिवराज सुवेदी, उपमेयर गुमादेवी आचार्य, गोपाल राना, बाबुराम भट्टराई, सावित्रा अर्याल, तेजेन्द्र केसी, रामप्रसाद रेग्मी र सूर्यबहादुर भट्टराईको नाम सिफारिस गरिएको नगर अध्यक्ष किसन ज्ञवालीले जानकारी दिए । उपमेयरमा ५ जनाको नाम सिफारिस भएको ज्ञवालीले बताए । उपमेयरमा टंक पराजुली, खेम लुइटेल, ज्ञानु केसी, मधुकला कुँवर, कल्पना थापा को नाम सिफारिस भएको छ ।

५ दलीय गठबन्धनमा आबद्ध दलहरुले पनि कांग्रेसबाट खेलराज पाण्डे मेयरको उम्मेद्वार हुनुपर्ने मत राख्दै आएका थिए । बुटवल उपमहानगरपालिकामा नेकपा एकीकृत समाजवादीले पनि दावी गर्दै आएको छ ।