२०८२ माघ २७

संघिय र प्रदेश संसदका सभामुख उपसभामुखहरुको भेला लुम्बिनीमा
  • लुम्बिनी खोज
  • २०७९ बैशाख ६, मंगलवार १७:१८ गते

बुटवल ।
संघिय प्रतिनिधी सभाका सभामुख अग्नीप्रसाद सापकोटाले सार्वभौमसत्ता संसदलाई जिवन्त र जनमुखी बनाउन संघिय र प्रादेशिक जनप्रतिनिधीहरुको भुमिका महत्वपुर्ण हुने बताएका छन् ।
लुम्बिनी प्रदेशको लुम्विनीमा संघीय र प्रदेशका सभामुख तथा उपसभामुखहरुको भेलालाई मंगलवार सम्वोधन गर्दै उनले संघियता मजबुत बनाउदै लैजानुपर्ने बताए । प्रकृया, पद्दती र सदाचारको बिकास हुनुपर्ने धारणा राख्दै सभामुख सापकोटाले यसका लागि संसद र सांसदको भुमिका महत्वपुर्ण हुने बताए । राजनैतिक उतार चढावका कारण पछिल्लो समय नेपालको संसदिय अभ्यासमा देखापरेको बिकृती र बिसंगतीप्रति चिन्ता ब्यक्त गर्दै सभामुख सापकोटाले संसदको काम कर्तब्य र दायित्व पुरा गर्न दृढ संकल्प सहित अघि बढ्नुपर्ने कुरामा जोड दिए ।
अन्तर ब्यबस्थापिका अन्तरक्रिया कार्यक्रममा संघिय संसद र प्रदेश सभाका सभामुख, उपसभामुख र सचिवहरुको सहभागिता रहेको कार्यक्रममा वोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सरकारलाई जिम्मेवार र जवाफदेही बनाउन संसदको भुमिका महत्वपुर्ण हुने बताए । लुम्बिनी प्रदेश सभाका सभामुख पुर्णबहादुर घर्तीले संसद सुचारु गर्न राजनैतिक दलहरु गम्भिर हुनुपर्ने आवश्यक्ता औल्याए ।

सो अवसरमा प्रदेश नम्बर १ का सभामुख प्रदिपकुमार भण्डारी, बाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी, लुम्बिनी प्रदेशका सभामुख पुर्णबहादुर घर्ती र कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले प्रदेश सभा, संसदको महत्व र सांसदको भुमिकाबारे चर्चा गरेका थिए ।
लुम्बिनी प्रदेश सभा सचिवालयको आयोजना तथा अन्तराष्ट्रिय सहयोग निकाय युएनडिपीको सहयोगमा लुम्बिनीमा अन्तर ब्यबस्थापिका अन्तरक्रिया कार्यक्रम भएको हो । लुम्विनी प्रदेश सभाका सचिव दुर्लभकुमार पुनमगरका अनुसार संघिय र प्रदेश सभाका सभामुख र उपसभामुखहरुको अनुभव आदान प्रदान गर्ने र संसदमा राम्रा अभ्यासहरुका बारेमा अन्तरक्रिया र छलफल गरि अनुकरणको वातावरण मिलाउने कार्यक्रमको उद्देश्य रहेको छ ।