२०८२ जेष्ठ ३१
बुटवल ३० जेठ ।
बुटवल उपमहानगरपालिका वडा नम्बर ६ ले किरियापुत्री भवन उद्घाटन गर्नुका साथै बिभिन्न बिधामा ८१ व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ ।
बुटवल चाँदबारीमा ५६ लाखको लागतमा ६ कोठे किरियापुत्री भवन उद्घाटटन गरिएको हो । प्रदेश सरकारको २५ लाख तथा नगर र वडा गरेर ३१ लाख बजेटमा निर्माण भएको भवनको शुक्रबार बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेय, वडा अध्यक्ष लोकनाथ न्यौपाने,वडा सदस्यहरु लगायतले उद्घाटटन गरे ।
लगत्तै वडा कार्यालयमा आयोजना गरिएको सम्मान कार्यक्रममा सम्पती कर ब्यक्तीगत तर्फ ५जना, बहाल कर ब्यक्तिगत तर्फ ५ जना तथा सम्पती र बहाल कर सस्थागत तर्फ २ र २ जना, सामाजिक ब्यक्तित्व २० जना, उपभोक्ता समिती ३ वटा, टोल बिकास सस्था ८ वटा, सस्थागत तर्फ ७ वटा, आमा समूह ७ वटा, धार्मिक सस्था ११ वटा, जेष्ठ नागरीक ३ जना र ३ जना कर्मचारी लाई सम्मान गरिएको हो ।
सो अवसरमा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख पाण्डेयले नगरको बिकासको लागि बुटवलले अत्यन्त्रै महत्वपूर्ण कार्यहरु गर्दै आईरहेको बताउँदै अहिले प्रतिफल र उपलब्धी देखिने बेला आएको बताए ।
कार्यक्रममा उपप्रमुख साबित्रादेबी अर्यालले उमहानगरले महिला तथा युवालाई रोजगारसंग जोडेर अगाडी बढेको बताउँदै आवश्यक तालिम माग गरेमा उपमहानगरकै खर्चमा प्रदान गरिँदै आएको बताइन् ।
कार्यक्रममा बुटवल ६ का अध्यक्ष लोकनाथ न्यौपानले आफु निर्वाचित भएर आएसंगै गरेका महत्वपूर्ण गतिविधिहरुको बारेमा जानकारी गराउँदै आगामी आर्थिक वर्षमा समेत वडामा राम्रो बजेट आउनेमा आशाबादी रहेको उल्लेख गरे ।
किरियापुत्री भवन उपभोक्ता समिती अध्यक्ष श्याम प्रसाद पाण्डेले भवन उत्कृठ अत्याधुनिक भवन बनेको दाबी गरे । सो अवसरमा वडाका अति बिपन्न परिवारलाई चामल समेत सहयोग प्रदान गरिएको वडाका कर्मचारी नारायण प्रसाद खनालले जानकारी दिए ।