२०८२ असार १९
बुटवल ३ असार ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज गिरावट आएको छ। आज नेप्से ३ दशमलब ९० अङ्कले घटेको छ । आज नेप्से परिसुचक २६५४.७५ विन्दुमा बन्द भएको छ ।
सोमबार सामान्य अंकले बढेको नेप्से परिसूचक मंगलबार घटेको छ। आज ३०६ कम्पनीका एक करोड ६४ लाख कित्ता सेयर खरिद बिक्री हुँदा सात अर्ब ६५ करोड ३२ लाख रुपैयाँबराबरको कारोबार भएको छ। आज कारोबार रकममा पनि भारि गिरावट देखिएको हो। अघिल्लो दिन करिब १३ अर्बको सेयर कारोबार भएको थियो।