२०८२ असार ५

२४ अंकले घट्यो नेप्से, कारोबार ११ अर्बमाथि
  • लुम्बिनी खोज
  • २०८२ असार ५, बिहीबार ११:१६ गते

बुटवल ५ असार ।
सेयर बजार परिसूचक (नेप्से) आज २४.७६ अंकले घटेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ०.९३ प्रतिशतले घटेर २६२८.९१ को बिन्दुमा झरेको छ ।
आज ३१४ कम्पनीका दुई करोड ९४ लाख १५ हजार कित्ता सेयर खरिद बिक्री हुँदा ११ अर्ब २३ करोड १४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। अघिल्लो दिन आठ अर्ब ७८ करोड बराबरको कारोबार भएकोमा आज सो रकम बढेको हो।