२०८२ असार १२
बुटवल,११ असार ।
इरानको तेहरानबाट उद्वार गरिएका मध्ये २ जना बुधवार बुटवल स्थीत घरमा आइपुगेका छन् ।
सकुशल बुधवार घर फआइपुगेका दुईजनालाई भेट गरी खुसी साट्न बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय उनिहरूकै घरमा पुगेका थिए ।
इरानको तेहरानबाट बुटवल १२ का गणेशप्रसाद पोखरेल र बुटवल १३ का सुमन गैरे नेपाल तथा भारत सरकारको सहयोगमा इरानबाट उद्धार गरि भारतको दिल्लि हुँदै बुधवार बुटवल स्थित आफ्नो घर आइपुगेका हुन् ।
भेटका क्रममा उनीहरूले नेपाल सरकार परराष्ट्र मन्त्रालयले गरेको सहयोग र पहलका कारण आफुहरू जोखिमपूर्ण स्थानबाट सकुसल आफ्नो घर आईपुगेको बताएको प्रमुख पाण्डेले बताए । प्रमुख पाण्डेयले स्थानीय सरकारका रूपमा हुनसक्ने सहयोग र भूमिका निर्वाह गर्ने संघ सरकारसँग आवश्यक पहल गर्ने बताएका थिए ।