२०८२ असार १७
बुटवल १६ असार ।
स्वास्थ्य प्रवर्द्वनात्मक विद्यालय मापदण्ड सम्बन्धी एक दिने कार्यशाला रुपन्देहीमा सम्पन्न भएको छ । सोमवार तिलोतमा सम्पन्न भएको छ ।
नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रम अन्तर्गत सोमवार तिलोत्तमामा सम्पन्न कार्यक्रममा बुटवल र तिलोत्तमाका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
बुटवल स्थीत नवीन औद्योगिक कदर बहादुर रीता मा.वि.का प्रधानाध्यापक प्रेम बहादुर बस्नेतका अनुसार बुटवल उपमहानगरपालिका शिक्षा शाखा तथा जनस्वास्थ्य शाखा प्रमुख, तिलोत्तमा नगरपालिका शिक्षा शाखा प्रमुख र जनस्वास्थ्य शाखा प्रमुख र तिलोत्तम नगरपालिका, संघीय सरकारबाट विद्यालय नर्स कार्यक्रम सञ्चालन भएका विद्यालयहरू र बुटवलमा विद्यालय स्रोतमा विद्यालय नर्स कार्यक्रम भएका विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकहरूको सहभागिता रहेको थियो । उनीहरुबीच सम्पन्न एक दिवसीय कार्यशालामा किशोर किशोरी मैत्री स्वास्थ्यका बारेमा चर्चा गरिएको थियो ।
कार्यक्रममा स्वास्थ्य प्रवर्द्वनात्मक विद्यालय मापदण्ड कार्यान्वयन र किशोर किशोरी मैत्री सूचना केन्द्र तथा स्वास्थ्य सेवा स्थापना सञ्चालन र समन्वय सम्बन्धी कार्ययोजना निर्माण गरी प्रस्तुती समेत गरिएको थियो । बुटवल उपमहानगरपालिका जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेयले, तिलोत्तमा नगरपालिका अन्तर्गतका गौतम बुद्ध मा.वि., केवलानी, शङ्करनगर दुर्गादत्त मावि., जनभावना मा.वि., जनजागृति मा.वि.,टिकुलीगढ मा.वि. र शिवपुर मा.वि.को तर्फबाट शङ्करनगर दुर्गादत्त मा.वि.का प्रधानाध्यापक चण्डी प्रसाद पाण्डेले कार्ययोजना पेश गरेका थिए ।
नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाका निर्देशक हिरा कुमारी निरौलाको अध्यक्षतामा, शिक्षा विकास तथा समन्वय इकाइ रुपन्देहीका इकाइ प्रमुख माधव बन्जाडेको प्रमुख आतिथ्यतामा
सम्पन्न कार्यक्रममा स्वास्थ्य सेवा विभागकी बाला राईले सहजीकरण गरेकी थिइन् ।
विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रम नेपालमा कोशी प्रदेशमा १६० , मधेश प्रदेशमा ४०, बागमती प्रदेशमा ८४८, गण्डकी प्रदेशमा ५४ विद्यालय, सुदुर पश्चिममा ३६ वटा विद्यालय र नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाबाट २४८ गरी देश भरि एक हजार तीन सय छयासी विद्यालयमा विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रम लागु भएको नवीन औद्योगिक कदर बहादुर रीता मा.वि.का प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले बताए ।