२०८२ असार २५
बुटवल २५ असार ।
बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेर २७ सय विन्दुमाथि पुगेको छ। अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक २२.०४ अंक बढेसँगै २७०५ मा पुगेको छ ।
बुधबार नेप्से २२.०४ अंकले बढेर दुई हजार ७०५.०४ विन्दुमा कायम भएको हो। ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि १।०३ प्रतिशतले बढेको छ।
आज ३१६ कम्पनीको एक करोड ५८ लाख २२ हजार कित्ता सेयर सात अर्ब ४५ करोड १८ लाख रुपैयाँबराबरमा खरिद–बिक्री भएको छ। अघिल्लो दिनको तुलनामा यो एक अर्बभन्दा धेरैले बढी हो।