२०८२ असार २७

आज सेयर बजार २५.८९ अङ्कले बढ्यो
  • लुम्बिनी खोज
  • २०८२ असार २६, बिहीबार ११:४८ गते

बुटवल २६ असार ।
साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक झन्डै २६ अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज सेयर बजार २५.८९ अङ्कले बढेर २ हजार ७३१.८० को बिन्दुमा पुगेको छ ।

आज कुल २ करोड ६४ लाख ७० हजार कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ६८ करोड २४ लाख ८८ हजार रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।