२०८२ असार ३०

सेयर बजार २९ अंकले बढ्यो
  • लुम्बिनी खोज
  • २०८२ असार २९, आईतवार ११:४१ गते

बुटवल २९ असार ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आइतबार दोहोरो अंकको सुधार देखिएको छ । बैंक र लघुवित्त कम्पनीहरूको सेयरमा लगानीकर्ता चासो देखिएको छ ।

आगामी आर्थिक वर्ष ०८२।८३ को मौद्रिक नीति सार्वजनिक भएपछिको कारोबारको पहिलो दिन आज नेप्से परिसूचक २९ अंकले बढेर दुई हजार ७६०.८० विन्दुमा कायम भएको छ । आजको कारोबारमा ३११ कम्पनीको तीन करोड २५ लाख ९२ हजार ३० कित्ता सेयर एक लाख पाँच हजार ४१५ पटक खरिद–बिक्री हुँदा रु. ११ अर्ब ४१ करोड ६४ लाख २८ हजार ४६७ बराबरको कारोबार भएको छ ।