२०८२ श्रावण २

नेप्से ७५.८४ अंकले बढ्यो, १६ अर्ब ५९ करोडको कारोबार
  • लुम्बिनी खोज
  • २०८२ श्रावण १, बिहीबार १२:०२ गते

बुटवल १ साउन ।
नयाँ आर्थिक वर्ष २०८२र८३ को पहिलो दिन आज बिहीबार नेप्से परिसूचक ७५.८४अंकले बढेको छ। हिजो बुधबार ३४ अंकले बढेको नेप्से आज ७५.८४ अंकले बढेर दुई हजार आठ सय ७०.६३ विन्दुमा कायम भएको हो।
३११ कम्पनीका तीन करोड ८६ लाख ३४ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा कारोबार रकम १६ अर्ब ५९ करोड २१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो दिन साढे १३ अर्बको सेयर कारोबार भएको थियो।
आज नेप्सेका १३ वटै समूहको सूचकमा हरियाली छाएको छ। अन्य समूह सर्वाधिक पाँच प्रतिशतले बढ्दा जलविद्युत्, लगानी र जीवन बिमा तीन प्रतिशतभन्दा धेरैले बढेका छन्। यसैगरी, वित्त, होटेल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बिमा दुई प्रतिशतभन्दा धेरैले बढेका छन्।