२०८२ श्रावण २

७४ वर्षमा कुन वर्ष कति राजश्व संकलन भयो ? हेर्नुहोस् तंथ्याक
  • लुम्बिनी खोज
  • २०८२ श्रावण १, बिहीबार १२:३६ गते

आर्थिक वर्ष २०८१।०८२ मा ११ खर्ब ७८ अर्ब राजस्व संकलन
काठमाडौं, १ साउन ।
आर्थिक वर्ष २०८१।०८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबर राजस्व संकलन भएको छ ।
आर्थिक वर्ष २०८०।०८१ को भन्दा यो १ खर्ब २० अर्ब बढी हो । प्रतिशतका आधारमा ११.३३ प्रतिशत वृद्धि हो ।
आर्थिक वर्ष २०८०।०८१ मा १० खर्ब ५८ अर्ब राजस्व संकलन भएको थियो ।
आर्थिक वर्ष २०८१।०८२ मा १४ खर्ब १९ अर्ब राजस्व संकलन गर्ने लक्ष्य थियो । अर्ध वार्षिक समीक्षामा संशोधन गरी १२ खर्ब ८६ अर्बको लक्ष्य तय गरिएको थियो । संशोधित लक्ष्य अनुसार ९१.६० प्रतिशत राजस्व संकलन भएको छ ।
अर्थ मन्त्रालय राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्रीले विपद, अन्तर्राष्ट्रिय परिस्थितिले गर्दा चुनौतीहरु हुँदाहुँदै पनि अघिल्लो आर्थिक वर्षको तुलनामा उत्साहजनक रुपमा राजस्व संकलन भएको बताए । उनले भने, तयारी सुरु गरिसकेका छौं । चालू आर्थिक वर्षमा राजस्व संकलनको लक्ष्य पूरा गर्ने गरी अघि बढ्नेछौं ।
चालू आर्थिक वर्षमा १३ खर्ब १५‍ अर्ब राजस्व संकलनको लक्ष्य छ ।
आर्थिक वर्ष २०७१।०७२ मा ४ खर्ब ५ अर्ब, २०७२।०७३ मा ४ खर्ब ८१ अर्ब, २०७३।०७४ मा ६ खर्ब ९ अर्ब, २०७४।०७५ मा ७ खर्ब २६ अर्ब, २०७५।०७६ मा ८ खर्ब २९ अर्ब राजस्व संकलन भएको थियो ।
त्यसैगरी २०७६।०७७ मा ७ खर्ब ९३ अर्ब, २०७७।०७८ मा ९ खर्ब ३५ अर्ब, २०७८।०७९ मा १० खर्ब ६६ अर्ब, २०७९।०८० मा ९ खर्ब ५७ अर्ब र २०८०।०८१ मा १० खर्ब ५८ अर्ब रुपैयाँ संकलन भएको थियो ।