२०८२ भाद्र ८

सुनको मूल्य बढ्यो
  • लुम्बिनी खोज
  • २०८२ श्रावण ४, आईतवार ११:०७ गते

बुटवल ४ साउन ।
आईतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । पछिल्ला चार दिनदेखि सुनको मूल्य निरन्तर बढेको छ ।

यस दिन चाँदीको पनि मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला दुई हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको बजारमा चाँदी प्रतितोला दुई हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।