२०८२ श्रावण १३

लुम्बिनीमा मन्त्री पाण्डेद्वारा सपथ ग्रहण
  • लुम्बिनी खोज
  • २०८२ श्रावण १२, सोमबार १४:३० गते

बुटवल १२ साउन ।
लुम्बिनी प्रदेशमा नवनियुक्त युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख कृष्णबहादुर घर्ती समक्ष नव नियुक्त मन्त्री पाण्डेले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् ।
 प्रदेश प्रमुखको कार्यालय बुटवलमा सोमवार भएको सपथ ग्रहण कार्यक्रममा मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्व मुख्यमन्त्री डिल्लिबहादुर चौधरी, प्रदेशका मन्त्री तथा उच्च पदस्थ पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले आइतबार मन्त्रिपरिषद् बिस्तार गरेर १२ सदस्यीय पु¥याएका थिए । खाली रहेको युवा तथा खेलकुद मन्त्रीमा लोसपाका संसदीय दलका नेता पाण्डेलाई नियुक्त गरेका हुन् ।
लुम्बिनीमा मुख्यमन्त्री आचार्य नेतृत्वमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम २०८१ साउन ९ गते गठन गरिएको मन्त्रिमण्डल गत कात्तिक ७ गते पुनर्गठित गरिएको थियो । त्यस यता मन्त्रिपरिषद्मा पाण्डेलाई युवा तथा खेलकुद मन्त्रीको रूपमा नियुक्त गरिएको हो ।

वर्तमान मन्त्रिपरिषद्मा मुख्यमन्त्रीसहित ५ जना मन्त्री एमालेबाट, ५ जना कांग्रेसबाट र जनता समाजवादी पार्टीबाट १ जना मन्त्री रहेकोमा लोसपाबाट मन्त्री थपिएका हुन् ।
यहा मुख्यमन्त्रीसहित १२ मन्त्रालय रहने ब्यवस्था बनाइएको भएपनि एक मन्त्री नियुक्त हुन बाकी नै राखिएको थियो । पछिल्लो समय प्रदेश सरकारको बजेटको छलफलका क्रममा प्रतिपक्ष दलहरुले बैठक अवरुद्ध गर्ने तथा बैठक नै बहिस्कार सम्म गरेपछि सत्तापक्षमा नै रहेको लोसपालाई प्रतिपक्षमा बस्न आग्रह गर्दै मन्त्रीको आश्वसन दिइए बमोजिम पाण्डे मन्त्री नियुक्त भएको बताइएको छ । बजेटमाथि छलफल भइरहेका बेला पाण्डेको दल एकाएक सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा गएको थियो ।
अर्को तर्फ सरकारलाई समर्थन गरेका साना दलबाट एक जना मन्त्री थप गर्ने पूर्व सहमति अनुसार लोसपालाई मन्त्री परेको हो ।
०८१ साउन ७ गते   मुख्यमन्त्रीमा नियुक्त भएका आचार्यले  ०८१ साउन ९ मा  सपथ तथा पदभार ग्रहण गरेका थिए भने  सोही दिन मन्त्रीहरु भूमिश्वर ढकाल, दिनेश पन्थी ,खेमबहादुर सारु,  सीता शर्मा, बादशाह कुर्मी, सरोज थापा, धनेन्द्र कार्की, प्रचण्ड विक्रम न्यौपानेले सपथ लिएका थिए । काग्रेसबाट ५ जना मन्त्री बनाउने सहमति भएपनि काग्रेसले शुरुमा ४ जनालाई मात्रै पठाएको थियो । ती ४ जना मध्ये  पछि विवादमा परेका कुर्मीले राजीनामा दिएका थिए। बाँकेकी निर्मला कुर्मीको अपहरण र बेपत्ता पार्ने कार्यमा संलग्न रहेको आरोप लागेका कुर्मीले राजीनामा दिएपछि कांग्रेसको कोटाका  २ जना मन्त्री खाली रहेको अवस्थामा गत कात्तिकमा २ जना थपिएका थिए ।
   मुख्यमन्त्री आचार्यले  कात्तिकमा कांग्रेसका दुई र जसपाका एक मन्त्री थपेका थिए । कात्तिकमा थपिएका मन्त्रीहरुले कात्तिक ८ मा सपथ लिएका थिए ।
कात्तिका बर्दियायाका  जन्मजय तिमिल्सिना, पश्चिम नवलपरासीका देवकरण कलवार र बाकेका आदेशकुमार अग्रवाल थपिएका छन् । काग्रेसका तिमिल्सिना लाई सामाजिक विकासमन्त्री, काग्रेसकै  कलवारलाई वन तथा वातावरणमन्त्री र  जसपाका अग्रवाललाई आन्तरिक मामिला तथा कानुनमन्त्री को जिम्मेवारी दिइएको छ । यहा कांग्रेस र एमालेबाट ५–५ जना मन्त्री बन्ने र साना दलबाट २ जनालाई मन्त्री बनाउने सहमति नया सत्ता समिकरण सगै भएको थियो । सोही सहमति अनुसार  लोसपाबाट एक जना मन्त्री थपिएका हुन् ।
 मुख्यमन्त्री आचार्यले भदौ ४ गते विश्वासको मत लिएका थिए ।  उनी एमाले र काँग्रेसका ५६ जना प्रदेश सभा सदस्यको समर्थनमा नियुक्त भएका थिए भने ७० जनाले विश्वासको मत प्रदान गरेका थिए ।