२०८२ श्रावण २५

बुटवलमा युवाहरुको जनै उद्योग, १५ लाख जनै र ५ टन रक्षा बन्धन उत्पादन
  • लुम्बिनी खोज
  • २०८२ श्रावण २२, बिहीबार १६:३९ गते

१५ वर्ष साउदीमा बसेका युवा देखि ज्योतिष न्यौपानेसम्मको लगानी
जनै बनाउनेको संख्या १२५, घरमै काम गरेर मासिक कमाउछन् मासिक १५ हजार सम्म


बुटवल २२ साउन ।
बुटवलमा युवाहरुले स्थापना गरेको जनै उद्योगमा लाखौ जनैको उत्पादन हुन थालेको छ । नेपालमा वार्षिक करोडौं जनैको खपत हुने तर स्वदेशी उत्पादन निकै कम रहेको अवस्थामा बुटवलका ज्योतिष जनार्दन न्यौपानेसहितका युवाहरुले स्थापना गरेको हरि ॐ पुजा सामाग्री उद्योगले विदेशी आयात कम गर्न योगदान दिन थालेको छ । यस उद्योगले हाल वार्षिक  १५ लाख जनै र ५ टन भन्दा पनि बढी रक्षा बन्धन उत्पादन गर्न थालेको छ ।
१५ वर्ष सम्म साउदीमा बसेका युवा लोकप्रसाद काफ्ले यस उद्योगमा जोडिएका छन् । ज्योतिष न्यौपाने, काफ्ले र सुन्दर भण्डारी सम्मको लगानीमा शुरु गरिएको यस उद्योगले धेरैलाई रोजगारी दिन पनि थालेको छ । ज्योतिष न्यौपानेका अनुसार जनै बनाउनेको संख्या १२५ जना रहेका छन् । जनै बनाउनका लागि आवश्यक तालिम दिन्छौं, तालिमपछि सामाग्री पनि दिन्छौं, घरमै बसेर आफ्नो फुर्सदमा बनाएर उहाहरुले ल्याउनुहुन्छ, ज्योतिष न्यौपानेले भने, कपिलवस्तु, सैनैमैना, तिलोत्तमा लगायतका बासिन्दाहरुले जनै बनाउने गर्नुभएको छ ,उहाहरुले घरमै काम गरेर मासिक  १५ हजार रुपैयासम्म कमाउनुहुन्छ ।
शास्त्रीय बिधि परम्परा अनुसार पूर्ण सरा र शिखा भएका जनै उत्पादन हुने गरेको न्यौपानेले बताए ।  ५४ सरा सहितका जनै उत्पादन गरेर नेपाल तथा बिदेशमा समेत निर्यात गर्न थालिएको उनले बताए । विदेशबाट ल्याइने प्राय जसो जनै शास्त्रीय बिधि परम्परा अनुसार पूर्ण सरा र शिखा भएका नहुने गरेकोमा यहा शास्त्रीय बिधि परम्परा अनुसार पूर्ण सरा र शिखा भएका जनै उत्पादन थालिएको हो ।
सुन्दर भण्डारीका अनुसार बजारीकरण गर्ने क्रममा हाल जनै मेची –महाकाली सम्म नै पुग्ने गरेको छ । यहा उत्पादन भएको जनै युरोप देखि अमेरिकासम्म पनि पुगेको छ । २५ लाख लगानीबाट शुरु गरिएको उद्योगमा हिजोआज काम गर्न भ्याइनभ्याइ छ ।
पुजा सामाग्रीको कारोबारमा संलग्न रहदै आएका ज्योतिष न्यौपानेका अनुसार नेपालमा करिब ५ करोड जनै खपत हुने अनुमान छ, तर स्वदेशमा उत्ािदन जम्मा एक करोड रहेको अनुमान छ । धेरै जनै भारतबाट आउने गर्छ, हाम्रो उद्देश्य स्वदेशमै शास्त्रीय बिधि परम्परा अनुसारका जनै उत्पादन गर्ने र नेपालमा मात्रै नभएर विदेशमा रहेका नेपाली माझ पनि पु¥याउने रहेको छ । यसो गर्दा रोजगारी का अवसर पनि सिर्जना भएका छन्, न्यौपानेले भने ।
रोजगारीका क्रममा १७ वर्ष साउदीमा विताएका  काफ्ले स्वदेशमै केही गर्नुपर्छ भन्ने मान्यताका साथ युवाहरुसग मिलेर उद्योग स्थापना गरेको भन्दै उद्योग सञ्चालनमा आएपछि घर घरमा बस्नेहरुलाई पनि सिपसहित रोजगारी दिन सकिएकोमा खुशी ब्यक्त गरे । नेपालमै केही गर्नुपर्छ भनेर गुरुहरुसग जोडिएर काम शुरु गरेको बताउने उनले हाल आफूहरुको उत्पादनको माग बढ्दो रहेको बताए । जनै तथा रक्षा बन्धनको माग जनै पूर्णिमामा बढी हुने गर्छ  । अघि पछि पनि शुभ कार्यमा प्रयोग हुने गर्छ ।