२०८२ भाद्र ७

इलम गर्ने वातावरण निर्माणका लागि राममणिमा कार्यक्रम
  • लुम्बिनी खोज
  • २०८२ श्रावण २३, शुक्रबार ११:५४ गते

बुटवल २३ साउन ।
रूपन्देहीको मणिग्राम स्थित राममणि बहुमुखी क्याम्पसमा आइडिया स्टुडियोले कलेज हण्ट कार्यक्रम सम्पन्न गरेको छ । नेपाली विद्यार्थीलाई नेपालमै इलम गर्ने वातावरण निर्माणका लागि कार्यक्रम गरिएको आयोजकले बताए ।
कार्यक्रम अन्तर्गत क्याम्पसमा अध्ययनरत विद्यार्थीका नवप्रवर्तनसँग सम्बन्धित योजनालाई प्रतिस्पर्धा गराई तिनै योजनामा उद्यम–व्यवसाय सञ्चालनमा सहजीकरण गरिने आइडिया स्टुडियोका अनिल बस्नतेले जानकारी दिए ।
क्याम्पस प्रमुख ताराप्रसाद पराजुली, तिलोत्तमा ६ का वडाध्यक्ष गणेश पाठक, नगर कार्यपालिका सदस्य रवि सेञ्चुरी लगायतले स्वरोजगार र व्यवसायिकतामा अघि बढेमात्र देश विकाश गतिशील हुने बताए ।
विद्यार्थी परामर्श तथा सहयोग समितिका संयोजक भिमलाल घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पसका स्नातक तह अन्तर्गत बी.बी.एस., बी.ए. र बी.एड.का विद्यार्थीसँगै प्राध्यापकहरूको सहभागिता रहेको थियो ।