२०८२ भाद्र ७

रामणिमा लोकसेवा आयोग अभिमुखीकरण
  • लुम्बिनी खोज
  • २०८२ श्रावण २५, आईतवार १२:५१ गते

बुटवल २५ साउन ।
रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा आज (आइतबार) स्नातक तहका विद्यार्थीका लागि लोकसेवा आयोग अभिमुखीकरण कार्यक्रम गरेको छ ।
क्याम्पसको विद्यार्थी परामर्श तथा सहयोग समिति र मणिग्रामस्थित गुरूकुल लर्निङ् सेण्टरको सहकार्यमा स्नातक तहका विद्यार्थीका लागि लोकसेवा आयोग अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको रोजगार एकाईका नम्रता पाण्डेले जानकारी दिइन् ।
सो अवसरमा गुरूकुल लर्निङ् सेण्टरका कृष्ण श्रेष्ठ, मनिष भूसाल, मदन थापा मगर र संजीवकुमार बुछारले सरकारी सेवा प्रवेश, संस्थागत तथा निजी कम्पनी लगायत विभिन्न रोजगारीका अवसरबारे अभिमुखीकरण गरेका थिए । क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीले पढ्दै कमाउँदैको अवधारणा लागू गर्न र विद्यार्थीलाई सशक्त बनाउन कार्यक्रम गरिएको बताए ।
विद्यार्थी परामर्श तथा सहयोग समिति संयोजक भिमलाल घिमिरेको अध्यक्षतामा भएको अभिमुखीकरणमा बी.बी.एस., बी.एड. र बी.ए.का विद्यार्थीको सहभागिता रहेको थियो ।