२०८२ भाद्र ७

एक्सपर्ट एजुकेशनको रक्तदानमा ४३ युनिट रगत संकलन
  • लुम्बिनी खोज
  • २०८२ श्रावण २५, आईतवार १३:०४ गते

बुटवल, २५ साउन ।
एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेसको २२ औँ वर्ष प्रवेशको अवसरमा बुटवलमा रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रम संयोजक अभ्यूदय ढकालका अनुसार अस्पताल र रक्त संचार सेवा केन्द्रहरुमा रगत अभाव हुन नदिने उद्देश्यले गरिएको सो कार्यक्रममा ४३ युनिट रगत संकलन भएको छ ।
बार्षिक उत्सवका अवसरमा नियिमत रुपमा रक्तदान गर्दै आएको एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेस, बुटवल शाखाको आयोजनामा नेपाल नियमित रक्तदाता संघ र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा राजमार्ग चौराहामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं। ९ का अध्यक्ष प्रदीप कुमार श्रेष्ठले मानव जिवनमा रक्तदानको
महत्वबारे प्रकाश पार्दै यस्ता सामाजिक अभियानमा स्थानिय समुदायहरुको पनि सक्रिय सहभागिताको आवश्यकता रहेको बताए ।
ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक ईन्द्रबहादुर रानाले युवाहरु ब्यक्तित्व बिकास, सामाजिक उत्तरदायित्वका साथै समाजलाई सभ्य, ब्यबस्थित र सुसंस्कृत बनाउने दिशामा अग्रसर हुनुपर्ने बताए ।
समाजमा शान्ति सुरक्षा कायम गर्न खटिएको प्रहरीलाई सघाउनु नागरिकको महत्वपुर्ण दायित्व भएको उल्लेख गर्दै सभ्य र मर्यादित समाज निर्माणका लागि युवा बर्गले गम्भिर भएर सोंच्नुपर्ने बेला आएको कुरामा जोड दिएका छन् ।
संस्थाका प्रमुख शंकर सापकोटाले विगतका वर्षझैँ यस वर्ष पनि सरसफाइ, हरियाली प्रवद्र्धन तथा रक्तदानजस्ता कार्यक्रमलाई निरन्तरता दिइएको उल्लेख गर्दै, यस्ता अभियानमार्फत समाजमा देखिने समस्या न्यूनिकरण गर्न सकिने विश्वास व्यक्त गरे । कार्यक्रमका संयोजक अभ्युदय ढकालले यो रक्तदान केवल रगत संकलनको उद्देश्यका लागि मात्र नभई रक्तदातामा जनचेतना
अभिवृद्धि गर्ने, युवामा सामाजिक जिम्मेवारीको भावना विकास गर्ने र मानिसका लागि रक्तदान नै जीवनदान हो भन्ने सन्देश फैलाउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको बताए ।