२०८२ भाद्र ७
बुटवल २५ साउन ।
बुटवल स्थीत आधुनिक समाज डेन्टल केयर प्रा.लि.ले स्वस्थ्य मुख महाअभियान सञ्चालनको तयारी थालेको छ । मुख स्वास्थ्य अभियान्ता एवं आधुनिक समाज डेन्टल, बुटवलका अध्यक्ष अमृत भुसालका अनुसार मुख स्वास्थ्यको महत्वसहितको सचेतना पु¥याउन महाअभियान शुरु गर्न लागिएको हो । आधुनिकसमाज डेन्टल केयरको प्राविधिक सहयोग एवम् लायन्स क्लव अफ रुपन्देही, रोटरी क्लव अफ लुम्बिनी स्टार्स, दारी ग्याङ र आधुनिक समाज विकास फाउन्डेशनको संयुक्त आयोजनामा महाअभियान सञ्चालन गर्न लागिएको भुसालले बताए ।
स्वास्थ्य मन्त्रालयको विभिन्न रिपोर्ट तथा फिल्ड अनुभवहरूले देखाएको अनुसार नेपालको करिब ७० प्रतिशत जनसंख्यामा कुनै न कुनै प्रकारका मुख स्वास्थ्य सम्बन्धी समस्या रहेको भन्दै उनले गिजा रोग, मुख गन्हाउने समस्या, दाँत किराले खाने समस्या र दाँत झर्ने समस्या प्रमुख रुपमा रहेको बताए । मुख हाम्रो शरीरको ढोका हो । यहीबाट स्वास्थ्य प्रवेश गर्छ, यहीबाट संक्रमण पनि सर्छ । तर चेतना र व्यबहारमा सुधार नहुँदासम्म यो समस्यालाई प्रभावकारी रुपमा नियन्त्रण गर्न नसकिने भएकाले सचेतनालाई मुख्य जोड दिने गरी कार्यक्रम सञ्चालन गरिने भुसालको भनाइ छ ।
स्वस्थ मुख महाअभियान भदौ ४ गते बुटवलमा शुरु गरिने र कार्यक्रममा विभिन्न क्षेत्रको सहभागिता रहने उनले बताए । अभियानमा मुख स्वास्थ्यसग सम्बन्धित स्वास्थ्यकर्मीहरुको पनि सहभागिता रहने छ । आधुनिक समाज डेन्टल, बुटवल स्थापना कालदेखि नै समाजप्रति उत्तरदायी, अभियान–मुखी, गुणस्तरीय सेवा प्रदायक संस्था रुपमा अगाडी बढाएको भन्दै अध्यक्ष भुसालले पछिल्ला वर्षहरूमा १ लाखभन्दा बढी विद्यार्थीलाई मुख स्वास्थ्य शिक्षा, विभिन्न जिल्लामा निःशुल्क शिविरलगायतका कार्यक्रम गर्दै आएको बताए ।