२०८२ भाद्र ७
काठमाण्डौं २९ साउन ।
सरकारले नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर तोकेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले काठमाडौं भित्रिँदा र बाहिरिँदाको फरक–फरक दस्तुर तोकेको हो । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार
कार र भ्यान काठमाडौं आउँदा ६५ तथा जाँदा ६० रुपैयाँ तोकिएको छ।
मिनीबस र मिनीट्रकका लागि काठमाडौं आउँदा ११५ र जाँदा ८० रुपैयाँ दस्तुर कायम गरिएको छ। ठुला बस र ट्रकको हकमा आउँदा २६० र जाँदा २०० रुपैयाँ राखिएको छ। भारी उपकरणको हकमा आउँदा ६ सय र जाँदा २५० रुपैयाँ राखिएको छ।
सुरुङमार्गमा दुईपांग्रे सवारी चलाउन पाइनेछैन । यही वर्षदेखि सुरुङमार्ग प्रयोगमा ल्याउने सरकारको लक्ष्य छ।
मन्त्रिपरिषद बैठकले नागढुंगा सुरुङमार्गको दस्तुर तोक्नेसहित १८ निर्णय वटा निर्णय गरेको छ ।
यी हुन १८ निर्णय