२०८२ भाद्र ७

ठूलो संख्यामा नक्कली शैक्षिक प्रमाणपत्रसहित एक पक्राउ
  • लुम्बिनी खोज
  • २०८२ भाद्र २, सोमबार १३:२९ गते

बुटवल २ भदौ ।
ठूलो संख्यामा नक्कली शैक्षिक प्रमाणपत्रसहित एक जना पक्राउ परेका छन् । प्रहरीले आइतबार एक भारतीय युवकलाई भैरहवाबाट पक्राउ गरेको छ।
नेपाल र भारतका विभिन्न शैक्षिक संस्था तथा विश्वविद्यालयहरुको नामका नक्कली शैक्षिक प्रमाणपत्रहरु, स्ट्याम्प, होलोग्राम तथा स्टिकरहरुसहित प्रहरीले भारतीय युवकलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारतको जिल्ला कानपुर नौवस्ति बस्ने २५ वर्षीय अभिषेक यादव रहेका छन्।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बेलहियास्थित बसपार्कबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
पक्राउ परेका युवकको साथमा रहेको सुटकेस खानतलासी गर्दा शैक्षिक प्रमाणपत्रहरु, विभिन्न कागजपत्रहरु, स्ट्याम्प, होलोग्रामजस्तो देखिने स्टिकरहरु, ल्यापटप, नगद, इलेक्ट्रोनिकलगायतका सामानहरु बरामद गरेको छ ।
पक्राउ परेका युवकले आफू मासिक तलबमा काम गरेको बयान दिएका छन्। यसअघि पनि आफूले नक्कली सर्टिफिकेटहरु नेपाल ल्याएको बयान दिएको प्रहरीको भनाइ छ ।