२०८२ भाद्र १८
बुटवल, १५ भदौ ।
महाकवि देबकोटा क्याम्पस सुनवल ४ नवलपरासीमा महाकवि रोजगार मेला २०२५ हुने भएको छ ।
आगामी भदौै १७ गते मंगलबार क्याम्पसमा अध्यायनरत स्नातक र स्नातकोत्तर तहका बिद्यार्थीलाई रोजगारीको अबसर नजिक पु¥याउने उदेश्यले महाकवि रोजगार मेला २०२५ आयोजना गर्न लागिएको जानकारी दिइएको छ ।
मेलामा बिद्यार्थीलाई रोजगार अबसर मात्र नभई क्यारियर काउन्सेलिङ, सिभि राइटिङ, इन्टरभ्यिु स्किल सबन्धि मार्गदर्शन हुने र ज्ञान सिप प्रदान गरिने क्याम्पस प्रमुख नारायण प्रसाद ढकालले बताए । उनले मेलाले शिक्षा र रोजगारी बिचको जुन खाडल छ त्यो कम गर्न महत्वपुर्ण हुने बताए ।
मेलाका कार्यक्रम संयोजक केशब भण्डारीले मेलमा उत्पादन क्षेत्रमा क्रियासिल बैक, बिमा लगायतका करिब ३० कम्पनी सहभागिता रहने जानकारी दिए । उनले मेलामा करिब १सय ५० बिद्यार्थी प्रत्यक्ष प्रतिस्पर्धामा सहभागिता रहने जानकारी दिए ।
रोजगार मेलाले बिद्यार्थीलाई आफ्नो क्षमता देखाउने र उद्योगलाई योग्य जनशक्ति पहिचान गर्ने अबसर दिने आयोजकको दाबी छ ।