२०८२ भाद्र १७
बुटवल १६ भदौ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १२.०३ अङ्कले बढेको छ । केही दिनदेखि घटिरहेको सेयर बजार नेप्से परिसूचक आज सोमबार भने १२.०३ अंकले बढेर २७६१.८६ विन्दुमा पुगेको छ । आज सेयर कारोबारमा भने अघिल्लो दिनको तुलनामा गिरावट देखिएको छ ।
यसअघि आइतबार ६ अर्ब ६ करोड १८ लाख २२ हजार रुपैयाँबराबरको एक करोड ४८ लाख ५ हजार ५६९ कित्ता सेयर कारोबार भएको बजारमा आज सोमबार भने कुल ३२६ स्टकको पाँच अर्ब १० करोड ५७ लाख ४६ हजार ६५७ रुपैयाँबराबरको एक करोड १४ लाख ४० हजार ८४४ कित्ता सेयर कारोबार भएको छ ।