२०८२ भाद्र २७
बुटवल २७ भदौ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आउने असोज २ गते बिहीबारसम्म शेयर कारोबार बन्द गर्ने भउको छ। अब शेयर कारोबार आउने असोज ५ गते आइतबार मात्रै खुल्ने छ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले शुक्रबार सूचना जारी गर्दै सो जानकारी दिएको हो। नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिमा असोज २ गतेसम्म धितोपत्रको दोस्रो बजार कारोबार बन्द रहने भएको हो।
‘धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ९० (१, घ) बमोजिम आज मिति २०८२।०५।२७ गते नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएअनुसार २०८२।०५।२९ देखि २०८२।०।०२ गतेसम्म धितोपत्रको दोस्रो बजार कारोबार बन्द रहने व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिन्छ,’ सूचनामा भनिएको छ ।