२०८२ भाद्र २९

युवा पुस्ताको सोच बमोजिम काम गर्नेछु: प्रधानमन्त्री कार्की
  • लुम्बिनी खोज
  • २०८२ भाद्र २९, आईतवार १३:०७ गते

काठमाडौ, २९ भदौ ।
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले युवा पुस्ताको सोच बमोजिम आफूले काम गर्ने बताएकी छन ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आइतबार पदभार ग्रहण गर्दै प्रधानमन्त्री कार्कीले जेनजी युवाको आन्दोलनका क्रममा युवा पुस्ताहरुले २७ घण्टाको आन्दोलनबाट विश्वमा नै नभएको कायापलट नेपालमा गरेको उल्लेख गरिन । प्रधानमन्त्री कार्कीले भ्रष्टाचारको अन्त्य, सुशासन र आर्थिक समानताका कुराहरु नै जेनजी आन्दोलनको मुख्य माग रहेकाले त्यो पूरा गर्ने अठोटका साथ अघि बढ्नुपर्ने अवस्था रहेको पनि स्पष्ट पारिन ।

प्रधानमन्त्री कार्कीले आन्दोलनका क्रममा भएका क्षतिहरुको मूल्यांकन गर्दै सरकार अघि बढ्ने कार्ययोजना तय गरिएको पनि बताइन । क्षतिहरुको पनि मूल्यांकन गरेर आगामी कार्ययोजनाहरु तय गरिएको समेत उनले बताइन ।