२०८२ कार्तिक २
काठमाण्डौं ६ असोज ।
अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्पसनबिच सोमबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ।
भेटका अवसरमा नेपालमा हालको राजनीतिक तथा सामाजिक परिस्थिति, पुनर्निर्माण योजना र संयुक्त राज्य अमेरिकाले गर्न सक्ने सहयोगबारे छलफल भएको मन्त्रालयले जनाएको छ ।
अर्थमन्त्री खनालले विशिष्ट परिस्थितिमा गठन भएको सरकारको मुख्य कार्य तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु, पुनर्निर्माण योजना कार्यान्वयन गर्नु तथा सहुलियत प्याकेजमार्फत निजी क्षेत्रको मनोबल उच्च बनाउनुपर्ने विषयमा सरकार प्रतिबद्ध रहेको जानकारी गराएका छन् ।
त्यस अवसरमा अमेरिकी राजदूत थम्पसनले हालैको घटनामा ज्यान गुमाउने परिवारप्रति समवेदना प्रकट गर्दै अमेरिकन सरकार नेपालको साथमा रहेको आश्वासन दिए ।