२०८२ कार्तिक १
उपत्यका बाहिर जान पनि रोक
काठमाण्डौं १२ असोज ।
जेन–जी आन्दोलन दमनबारे जाँचबुझ गर्न गठित न्यायिक आयोगले निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओली तथा निवर्तमान गृहमन्त्री रमेश लेखकसहित ५ जनालाई विदेश जान रोक लगाउने निर्णय गरेको छ । २३ र २४ भदौमा भएको घटनाको सम्बन्धमा छानविन गर्न गठिन जाँचबुझ आयोगले यस्तो निर्णय गरेको हो। बयानमा जुनसुकै बेला बोलाउन सक्ने भएकाले पूर्वस्वीकृतीबिना उपत्यका छाड्न समेत नदिने निर्णय आयोगले गरेको छ । पासपोर्ट रोक्काको सूचीमा पर्नेहरुमा तत्कालिन गृहसचिव गोकर्णमणि दुवाडी, तत्कालिन गुप्तचर प्रमुख हुतराज थापा, काठमाडौंका तत्कालिन सिडिओ छवि रिजाल पनि रहेका छन् । २३ गतेको दमनमा संलग्नताको आधारमा उनीहरु छानविनमा तानिएका हुन् ।