२०८२ कार्तिक १
बुटवल २४ असोज ।
आज सुनको मूल्यमा ४ हजार २ सयले गिरावट भएको छ । बिहीबारको तुलनामा एक तोला सुन रु चार हजार २०० ले सस्तो भएर रु दुई लाख ३५ हजार कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार दुई लाख ३९ हजार २०० मा कारोबार भएको एक तोला सुनको मोल आज चार हजार २०० ले घटेर रु दुई लाख ३५ हजार कायम भएको हो ।
चाँदीको मूल्य भने बढेको छ । बिहीबार एक तोला चाँदी रु तीन हजार २५ मा खरिदबिक्री भएकामा आज त्यति नै परिमाणको चाँदी रु तीन हजार ८५ मा क्रयविक्रय भइरहेको महासङ्घले जनाएको छ ।
अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ५८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।