२०८२ कार्तिक ४

ग्रामीण विकास र समाज लघुवित्तको एकिकृत कारोबार शुरु
  • लुम्बिनी खोज
  • २०८२ कार्तिक २, आईतवार १३:२४ गते

बुटवल २ कार्तिक ।
बुटवलमा केन्द्रिय कार्यालय रहेको ग्रामिण बिकास लघुवित्त बित्तिय संस्था लि.र सर्लाहीको समाज बिकास लघुवित्त वित्तिय संस्था लिमिटेड बिच मर्जर पश्चात आइतबारबाट एकिकृत वित्तिय कारोबार शुरु भएको छ । कुल ९८ करोड पुँजी रहेको बुटवलको ग्रामिण बिकास र जम्मा २ करोड पुँजी रहेको समाज बिकास मर्जर सम्पन्न भएसँगै आईतबारदेखि एकिकृत कारोबार शुरु भएको हो ।
एकिकृत कारोबार शुभारम्भ समारोहमा बोल्दै ग्रामिण बिकास लघुवित्त बित्तिय संस्था संचालक समितिका अध्यक्ष भरत कोईरालाले दुई लघुवित्त संस्था गाभिनु सबैका लागि हितकर भएको दावी गरे । उनले वित्तिय संस्थाहरुले नेपाल राष्ट्र बैंकले अंगिकार गरेको मर्जरको नितिलाई आत्मसात गरेर कारोबारलाई थप ब्यबस्थित र प्रभावकारी बनाउन सबैलाई आग्रह गरे ।
प्रमुख कार्यकारी अधिकृत श्यामकुमार कटुवालले बिगत ३ दशक अघिदेखि ग्रामिण क्षेत्रका कम आयआर्जन भएका महिलाहरुको आर्थिक सवलीकरणमा टेवा पुराउदै आएको ग्रामिण बिकास लघुवित्त बित्तिय संस्थाले आफ्नो पुँजी र कार्यक्षेत्रलाई थप बलियो बनाउन मर्जरको योजना अघि बढाएको बताए । ग्रामिण क्षेत्रका जनताको आर्यआर्जनमा बृद्धि गरि मुलुकको आर्थिक बिकासमा समेत योगदान पु¥याउने उद्देश्यका साथ काम गरिरहेको उनले बताए ।
कार्यक्रममा संस्थाका नायव कार्यकारी प्रमुख दिपकप्रसाद पाण्डेले लघुवित्त बित्तिय संस्थालाई सवल बनाउन कर्मचारीहरुको भुमिका महत्वपुर्ण हुने उल्लेख गर्दै मर्जर पश्चात थप उर्जा र उत्साहका साथ काम गर्नुपर्ने आवश्यक्ता रहेको बताए । कार्यक्रममा संस्थाका संचालक मनोज कुमार खड्का, साविकको समाज लघुवित्त संस्थाका संचालक सरोजकुमार महतो, नेपाल वित्तिय संस्था कर्मचारी संघका अध्यक्ष ईश्वर लम्साल, ग्रामिण बिकास लघुवित्त कर्मचारी संगठनका अध्यक्ष अमर पौडेल, कार्यक्रम संचालक मधुसुदन पोखरेल लगायतले लघुवित्त क्षेत्रमा संस्थाले खलेको भुमिका र यसको प्रभावबारे चर्चा गरेका थिए ।