२०८२ कार्तिक २३

उद्योग संघलाई मूल उद्देश्य अनुरुप अगाडी बढाउन जोड
  • लुम्बिनी खोज
  • २०८२ कार्तिक २१, शुक्रबार १५:५२ गते

केही पूर्व अध्यक्षहरु साधारण सभा तथा अधिबेशनमा सहभागि नहुने
बुटवल २१ कात्तिक ।
रुपन्देही उद्योग संघ स्थापनाको मूल उद्देश्य अनुरुप अगाडी बढ्न संघका केही पूर्व अध्यक्षहरुले जोड दिएका छन् । संघको ४७ औं साधारण सभा तथा २४ औं अधिवेशनको पूर्व सन्धामा शुक्रवार केही पूर्व अध्यक्षहरुले संघको गरिमा उच्च बनाउने गरी अगाडी बढ्नुपर्नेमा जोड दिएका छन् ।
राष्ट्रिय औद्योगिकरणलाई प्रोत्साहन गर्ने, स्वदेशी पुजीको सशक्त निर्माण गर्ने र राष्ट्रिय स्तरमा रोजगारीका अवसर सृजना गर्ने संघको मूल उद्देश्य रहेको भन्दै उनीहरुले सो उद्देश्यलाई आत्मसाथ गर्दै अगाडी बढ्नुपर्नेमा जोड दिएका छन् । संघ स्थापना हुने क्रममा उद्योगी र आम सदस्यहरुको आस्था , विश्वास र योगदानले संघलाई आजको अवस्थामा पु¥याएको भन्दै उनीहरुले मूल उद्देश्य र सिद्धान्तबाट विचलित हुन नहुनेमा जोड दिएका छन् । संघका पछिल्ला समयका क्रियाकलाप मूल उद्देश्य र सिद्धान्तबाट विचलित भएको उनीहरुको भनाइ छ ।
उद्योगीहरुको हित, उत्पादनमुखी सोच र आर्थिक सशक्तीकरणमा आफूहरुको जोड रहेको भन्दै संघका पूर्व अध्यक्ष गणेशप्रसाद अधिकारीले सस्थाको हितका लागि आफूहरुले सचेत गराएको बताए । राजनीतिक प्रभाव र गुटगत सोचले सस्थाको कार्यशैली प्रभावित भएको ठहर आफूहरुको रहेको भन्दै उनले उद्योगीप्रति निराशा र संघप्रतिको विश्वास कमजोर बनाउने काम गर्न नहुनेमा आफूहरुको जोड रहेको बताए ।
संघको उद्देश्य विपरितका कार्यको कडा विरोध रहेको भन्दै उनीहरुले आफ्नो उद्देश्य तर्फ फर्केर उद्योगी प्रर्वद्धन, रोजगारी सृजना, स्वदेशी उत्पादन र राष्ट्रिय पुजिको सुदृढिकरणमा ध्यान केन्द्रीत गर्न सुझाव दिएका छन् । सस्थागत पारदर्शिता, निष्पक्ष नेतृत्व र सदस्यको सम्मान नै उद्योग संघको बलियो आधार भएको भन्दै उनीहरुले त्यसलाई कमजोर नपार्न सचेत गराएका छन् । पूर्व अध्यक्ष अधिकारीले संघलाई सही बाटोमा ल्याउन सचेत उद्योगीसहित सबै सदस्य एकजुट हुन आफूहरुको आब्हान रहेको बताए ।
पूर्व अध्यक्ष गणेशप्रसाद अधिकारीले संघको उद्देश्य अनुरुप अगाडी बढ्न आब्हान गर्दै आफूसहित केही पूर्व अध्यक्षहरु साधारण सभा तथा अधिबेशनमा उपस्थीत नहुने निर्णय पनि गरिएको बताए ।