२०८२ कार्तिक २४

बुटवलमा इन्भेष्टर प्रो मिटमा लगानीकर्ताको उत्साहजनक सहभागिता
  • लुम्बिनी खोज
  • २०८२ कार्तिक २३, आईतवार १५:०३ गते

बुटवल २३ कात्तिक ।
नेप्से ट्रेडिङ डटकम र त्रिशक्ति सेक्युरिटिज लिमिटेड (ब्रोकर नं. ४८) को आयोजनामा बुटवलमा “इन्भेष्टर प्रो मिट २०८२” सम्पन्न भएको छ । उक्त कार्यक्रममा लगानीकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रममा बैंकिङ क्षेत्रका अनुभवी पूर्व सिइओ भुवन दाहाल, ऊर्जावान प्रस्तोता संजोग कोइराला, अनुभवी लगानीकर्ता तथा विश्लेषक सुवासचन्द्र ढूंगाना, र त्रिशक्ति सेक्युरिटिजका एमडी गोविन्द दाहाल, आरएसडीसी लघुवित्तका सिइओ ध्रुवकुमार पौडेल, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रबन्धक गणेश ढकाल, मार्केटिङ हेड दया लोहोनी, र विष्णुप्रसाद पौडेललगायतको विशेष उपस्थीति रहेको थियो ।
कार्यक्रममा लगानीकर्ताहरूका लागि आकर्षक अफरहरू पनि घोषणा गरिएको थियो । नेप्से ट्रेडिङका तर्फबाट इलाइट, प्रिमियम र बेसिक फिचरहरूमा ५० प्रतिशत छुट प्रदान गरिएको थियो भने त्रिशक्ति सेक्युरिटिजको तर्फबाट सहभागिलाई लाइफटाइम डिम्याट र मेरोसेयर केवल १७ सयमै गराउने सुविधाको व्यवस्था गरिएको थियो। साथै, लुम्बिनी केबल कारले उपस्थित सबैलाई २५ प्रतिशत छुट कुपन प्रदान गरेको थियो । कार्यक्रमको प्रमुख आकर्षण प्यानल डिस्कसन थियो, जसमा विभिन्न क्षेत्रका विज्ञहरूले लगानी, अर्थतन्त्र र बजारका पक्षमा आफ्ना विचारहरू राखेका थिए । भुवन दाहालले हालको आर्थिक अवस्थाले बैंकिङ नाफा र लगानी प्रवाहमा पार्ने प्रभावबारे चर्चा गरे । संजोग कोइरालाले युवाहरूले लगानी र उद्यमशीलता बीच सन्तुलन कसरी कायम गर्न सकिन्छ भन्नेबारे विचार प्रस्तुत गरे । नेप्से ट्रेडिङका अध्यक्ष तथा प्रविधिक विश्लेषक सन्दीप कुमार चौधरीले बजारका प्रविधिक सूचकहरू विश्लेषण गर्दै बजारका सम्भावित ट्रेन्डबारे प्रकाश पारेका थिए । सुवासचन्द्र ढूंगानाले दीर्घकालीन लगानीकर्ताका लागि उपयुक्त सेक्टरहरूबारे सुझाव दिए । त्यस्तै उनले लगानीकर्ताको मनोविज्ञानको बारे पनि धारणा राखेका थिए । कार्यक्रममा वोल्दै नेप्से ट्रेडिङका जीएम जगन्नाथ थपलियाले लगानीकर्ताको निरन्तर सिकाइ र जानकारी विस्तारका लागि यस किसिमका कार्यक्रमहरू अत्यावश्यक रहेको बताउँदै बुटवलवासीको मागअनुसार कार्यक्रम गरिएको बताए ।
कार्यक्रममा सहभागी लगानीकर्ताहरूले प्रश्नोत्तर सत्रमा सक्रिय सहभागिता जनाएका थिए ।