२०८२ कार्तिक २७

रवि र छविको मुद्दामा प्रमाण मिसिल झिकाउने आदेश
  • लुम्बिनी खोज
  • २०८२ कार्तिक २७, बिहीबार १२:३१ गते

बुटवल २७ कात्तिक ।

सहकारी ठगीसम्बन्धी कसुर र संगठित अपराध अभियोगको रवि लामिछाने र छविलाल जोशीको मुद्दामा सक्कल प्रमाण मिसिल झिकाउने आदेश भएको छ।  

उच्च अदालत तुलसीपुर बुटवल इजलासले सक्कल प्रमाण मिसिल झिकाउने आदेश गरेको हो।  अदालतको एक नम्बर इजलासको क्रम संख्या एकमा रवि र छविको मुद्दाको सुनुवाइ भएको हो।

यसअघि, यही कात्तिक २० गते यसै अदालतबाट प्रमाण मिसिल झिकाउने आदेश भएको थियो। त्यति वेलाको आदेशअनुसार प्रमाण मिसिल प्राप्त हुँदा प्रमाणहरूको प्रतिलिपि प्राप्त भएको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइका क्रममा उच्च अदालत तुलसीपुर बुटवल इजलासले सक्कल प्रमाण मिसिल झिकाउने आदेश गरेको हो।

उच्च अदालत तुलसीपुर बुटवल इजलासका सूचना अधिकारी रामबहादुर कुँवरले दिएको जानकारीअनुसार न्यायाधीशद्वय बासुदेव आचार्य र न्यायाधीश ओमप्रसाद अर्यालको संयुक्त इजलासले यस्तो आदेश गरेको हो। गत बिहीबार मूल मुद्दाको मिसिल झिकाउने आदेश गरेकोमा जिल्ला अदालतबाट प्रतिलिपि प्राप्त भएको थियो।

जिल्लाबाट सक्कल प्रमाणको मिसिल सर्वोच्चमा पुगेका कारण प्रतिलिपि प्राप्त भएकोमा अब सर्वोच्चबाट सक्कल प्रमाण मिसिल मगाउने आदेश भएको छ।