२०८२ मंसिर २४
बुटवल, ४ मंसिर ।
बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले भौतिक बिकासका साथै आर्थिक र सामाजिक विकास मार्फत नै समाज रुपान्तरण संभव हुने बताएका छन् ।
बुटवल उपमहानगरपालिका वडा नम्बर १२ तामनगरमा बुद्ध टोल बिकास संस्थाको ११ औं साधारण सभा तथा ५ औं अधिबेशनको उद्घाटन गर्दै उनले शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना, मानविय बिकास लगायतका बिषयहरु उपमहानगरको प्रमुख लक्ष्य र उद्देश्य रहेको बताए । टोल बिकास संस्थाहरु स्थानिय सरकारका बिकास, समन्वय र सहकार्यका लागि प्रमुख आधारशिलाको रुपमा रहेको उल्लेख गर्दै प्रमुख पाण्डेयले टोल बिकास संस्थाहरुलाई थप मजबुत र जिम्मेबार बनाउन आवश्यक रहेको पनि बताए ।
कार्यक्रममा बुटवल १२ का वडाध्यक्ष डिल्ली प्रसाद आचार्यले टोल बिकास मार्फतनै योजनाहरुको माग र कार्यान्वयन गर्ने गरिएको चर्चा गर्दै टोल बिकास संस्था मार्फत योजनाहरु कार्यान्यवन गर्दा बिवादरहित हुने गरेको जिकिर गरे । भुपु सैनिक कल्याणकारी संघका अध्यक्ष पुर्ण बहादुर शाहीले टोल समाजमा एकता, बिश्वास र समझदारी कायम गरि अघि बढेमा समुन्नत समाजको निर्माण हुने बिश्वास ब्यक्त गरे । बुद्ध टोल बिकास संस्थाका अध्यक्ष शारदा सुबेदीले सभामा बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै टोलको बिकासमा सबै समुदायको भुमिका महत्वपुर्ण हुने बताए ।
कार्यक्रममा पुर्व वडाध्यक्ष दुर्गा प्रसाद सुवेदी, टोल बिकास संस्थाका उपाध्यक्ष बिष्णु खड्का, सचिव सुनिता गिरी, कोषाध्यक्ष दिपा थापालगायतले टोल बिकास संस्थाको भुमिका, काम कर्तब्य र अधिकारबारे चर्चा गरेका थिए । सो अवसरमा टोलको बिकासमा उल्लेख्य योगदान पु¥याए वापत संस्थाका सचिव सुनिता गिरी र कोषाध्यक्ष दिपा थापालाई सम्मान गरिएको थियो । साथै टोलका एक दर्जन एकल महिलाहरुलाई सम्मान गर्दै पौष्टिक आहारहरु प्रदान गरिएको थियो ।
