२०८२ मंसिर २४
काठमाण्डौं २३ मंसिर ।
दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ।पहिलो संस्करणमा पनि पहिलो फाइनलिस्ट बनेको सुदूरपश्चिम दोस्रो संस्करणमा पनि फाइनल पुग्ने पहिलो टिम बनेको छ । विराटनगर किंग्सलाई ७७ रनले पराजित गर्दै सुदूरपश्चिमले फाइनलमा स्थान पक्का गरेको छ।
त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १५६ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङ गरेको विराटनगरले १४.१ ओभरमा अलआउट हुँदा ७८ रन मात्र जोड्न सक्यो।