२०८२ मंसिर २५

नेपाली बजारमा रोयल इन्फिल्डको हन्टर ३५० नयाँ रङ्ग, फिचर र शैलिसहित बजारमा
  • लुम्बिनी खोज
  • २०८२ मंसिर २४, बुधबार १३:५४ गते

बुटवल २४ मंसिर ।
नेपाली बजारमा रोयल इन्फिल्डको हन्टर ३५० नयाँ रङ्ग, फिचर र शैलिसहित बजारमा
सार्वजनिक गरिएको छ। मिड–साइज मोटरसाइकल समूह ३५०–७०० सिसी मा विश्वकै अग्रणी ब्रान्ड रोयल इन्फिल्डले आफ्नो लोकप्रिय स्ट्रीट रोस्टर मोडेल हन्टर ३५० को नयाँ संस्करण नेपाली बजारमा सार्वजनिक गरिएको हो । यस बीएस भिआई नयाँ हन्टर ३५०, २०२५ एडिसन को साथमा गैरे प्रतिष्ठान प्रालि ले बुधवार बुटवलमा सार्वजनिक गरेको छ ।
​नयाँ हन्टर ३५० मा रियो ह्वाइट, टोकियो ब्ल्याक, लन्डन रेड र ग्राफाइट ग्रे गरि चार स्ट्रीट–इन्स्पायर्ड रङ्ग उपलब्ध छन्। कम्पनीका अनुसार यीमध्ये तीन रङ्ग विश्वका सांस्कृतिक पहिचान सम्बन्धी प्रतिकहरुबाट सिर्जित छन् ।
​नयाँ हन्टर मा स्लिप असिस्ट क्लच जडान गरिएको छ, जुन कम्पनीको ३५० सिसी मोडेल मा पहिलोपटक प्रयोग भएको सुविधा हो। डुअल च्यानल एबीएस, एलईडी हेड ल्याम्प तथा एर्गोनोमिक डिजाइन ले गर्दा निक्कै आकर्षक देखिन्छ । समग्र सवारी अनुभव सहज बनाउने र ट्रिप न्याभिगेटर अप्सन को रूपमा थप गरिएको छ ।
​नयाँ हन्टर ३५० मा प्रयोग गरिएको ३४९ सिसी जे–सिरीज इन्जिनले शहरी सडकहरुमा सहजता प्रदान गर्दछ। सन् २०२२ मा पहिलोपटक बजारमा आएको यो मोडेल ले हालसम्म विश्वभर ७ लाखभन्दा बढी राइडर जोडिसकेको कम्पनीले जनाएको छ।
​गैरे प्रतिष्ठानका ब्रान्ड डाइरेक्टर प्रवेश राज गैरे का अनुसार रोयल इन्फिल्ड मोटरसाइकल नेपाली माझ दैनिकीसँगै जीवनशैलीको हिस्सा बनेको छ। युवा पुस्ताको उर्जालाई ध्यानमा राखेर हामीले नयाँ हन्टर ३५० ल्याएका हौं। नेपाली भूमिका लागि पूर्णतः उपयुक्त मोडेल हो, उनले भने । ​नयाँ हन्टर ३५० को नेपाली बजार मूल्य ​सिंगल टोनः रियो ह्वाइट, ड्यापर ग्रे र ग्राफ ग्रे को ४ लाख ९४ हजार ९ सय रहेको छ । त्यस्तै ​डुअल टोनः टोकियो ब्ल्याक, लन्डन र रेबेल ब्लू को ४ लाख ९९ हजार ९ सय रहेको छ ।
​गैरे प्रतिष्ठानका अध्यक्ष प्रेम राज गैरे का अनुसार आज देखि बुकिङ र टेस्ट राइड खुल्ला रहेको छ। लञ्चिङ्ग को पहिलो दिनमै ६ वटा विक्रि सहित १३ वटा बुकिङ भैसकेको गैरेले बताए ।
रोयल इन्फिल्डको विश्व बजार यस्तो छ
रोयल इन्फिल्ड संसारकै सबैभन्दा पुरानो निरन्तर रूपमा उत्पादनमा रहेको मोटरसाइकल ब्रान्ड हो, जसले सन् १९०१ देखि मोटरसाइकल निर्माण गर्दै आएको छ । ब्रिटिश हिस्ट्री बोकेको यस ब्राण्डले १९५५ मा भारतमा स्थापना भएको उत्पादन केन्द्रसगै मध्यम क्षमताका मोटरसाइकलको विकासमा महत्त्वपूर्ण अग्रता हासिल गरेको छ । कम्पनीको प्यूर मोटरसाइकलिङ भन्ने मुख्य सिद्धान्त नै यसको ब्रान्ड पहिचान निर्माण गर्ने आधार बनेको छ। रोयल इन्फिल्डका प्रिमियम मोटरसाइकलहरूमा बेयर ६५०, क्लासिक ६५०, गुरिल्ला ४५०, हन्टर ३५०, मीटिओर ३५०, सुपर मीटिओर ६५०, इन्टरसेप्टर ६५०, कन्टिनेन्टल जीटी ६५०, सटगन ६५०, हिमालयन ४५०, स्क्र्याम ४४० एडिभी क्रसओभर साथै प्रतिष्ठित बुलेट ३५०, क्लासिक ३५०, गोआन क्लासिक ३५० आदि समावेश छन् । कम्पनीले हाल क्लासिक डिजाइन र आधुनिक शहरी गतिशीलताको प्रविधि संयोजन गरिएको नयाँ सिटी ं मोटरसाइकल ब्रान्ड मोटरसाइकल फ्लाइङ फ्लिी सार्वजनिक गरिसकेको छ ।
​यस ब्रान्ड ले गोवामा आयोजना गरिएको मोटरभर्स पहिलेको राइडर मानिया तथा कठिन तथा उच्च हिमाली भु–भागमा पार गर्दै यात्रा गरिने हिमालयन ओडिसी जस्ता कार्यक्रम मार्फत विश्वव्यापी मोटरसाइकल समुदायलाई निरन्तर रूपमा जोडिरहेको छ।
​आइचर मोटर्स लिमिटेड अन्तरगत सञ्चालन हुने रोयल इन्फिल्ड ले भारत भर २ हजार भन्दा बढी स्टोर तथा विश्वका ६५ं भन्दा धेरै देशमा ८५०ं स्टोरमार्फत सेवा प्रदान गर्दछ। कम्पनीका अत्याधुनिक दुई उत्पादन केन्द्रहरू चेन्नाई नजिकै ओरागाडम र भल्लम भडागल मा अवस्थित छन्। विश्वभर रोयल इन्फिल्ड आधुनिक सात वटा सीकेडी असेंबली सुविधा हरू बंगलादेश, नेपाल ब्राजिल, थाइल्याण्ड, अर्जेन्टिना र कोलम्बियामा रहेका छन्।