२०८२ मंसिर २६

प्रदर्शनी मूल आयोजक समिति बैठक
  • लुम्बिनी खोज
  • २०८२ मंसिर २५, बिहीबार १५:२९ गते


सुरक्षा र आन्तरिक व्यवस्थापनमा ध्यान दिन सुझाव
बुटवल २५ मंसिर ।
रुपन्देही उद्योग संघको आयोजनामा पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलमा हुने १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको मूल समिति बैठक बिहीबार बसेको छ ।
संघका अध्यक्ष तथा मूल समिति संयोजक कृष्ण प्रसाद पराजुलीको अध्यक्षता सचिव सुमन बस्यालको संचालनमा भएको बैठकमा सहभागीले प्रदर्शनीमा सुरक्षाको विशेष सर्तकता अपनाउन, स्वदेशी उत्पादन मूलक उद्योगलाई प्राथमिकतामा दिन, आन्तरिक व्यवस्थापनमा बढी सचेत हुनुपर्ने सुझाव दिएका छन् । सहभागीले यस क्षेत्रमा रहेका सबै संस्थालाई तथा सरकारी कार्यालयसँग समन्वय बढाउनुपर्ने सुझाव दिए ।
बैठकममा पूर्व अध्यक्षहरू महेन्द्रनारायण श्रेष्ठ, तेजकुमार पाठक, एजाज आलम, बाबुराम बोहोरा, माधव पौडेल, निवर्तमान अध्यक्ष दिलिप सापकोटा, सल्लाहकारहरू हिरामणि भट्टराई, लालहरि पाण्डे, माधव नेपाल, ऋषि भण्डारी, उपाध्यक्षमा जीवकान्त काफ्ले, काकस यादव गैरे, पूर्व सदस्यहरू बलबहादुर गोदार, चन्द्रकान्त खनाललगायतले धारणा राखेका थिए ।
प्रदर्शनीका सम्पन्न गर्नका लागि रुपन्देही उद्योग संघका अध्यक्षको संयोजकत्वमा १०१ सदस्यीय मूल समिति, ५१ सदस्यीय विशेष सल्लाहकार समिति, २५१ सदस्यीय सल्लाहकार समिति, साथै निवर्तमान अध्यक्षको संयोजनमा विशेष मूल्याङ्कन समिति तथा ३० वटा विभिन्न उपसमिति गठन गरिएको छ ।