२०८२ मंसिर २९
काठमाडौ,२८ मंसिर ।
गोकर्णेश्वर नगरपालिकाका पूर्व मेयर सन्तोष चालिसे विरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा दायर भएको छ ।
अनुसन्धानका क्रममा चालिसे र उनको परिवारको वैध आयभन्दा खर्च बढी देखिएपछि ३ करोड ६८ लाख रुपैयाँ बिगो कायम गरिएको छ ।अस्वाभाविक सम्पत्ति जफतका लागि चालिसेसहित परिवारका सदस्यलाई प्रतिवादी बनाइएको छ ।
तीन करोड ६८ लाख ४७ हजार अकुत सम्पत्ति आर्जन गरेको अभियोग उनीमाथि छ । पाँच वर्ष गोकर्णेश्वरको मेयर हुँदा उनले सो रकम कमाएको अख्तियारको दाबी छ ।
नेता चालिसे काठमाडौं– ३ का निवर्तमान सांसद हुन्।। उनी संसद्को अर्थ समितिको सभापतिसमेत थिए। अख्तियारको छानबिनमा उनीसँग ८ करोड ५६ लाख रुपैयाँ बराबरको सम्पत्ति भेटिएको छ । त्यसमध्ये झन्डै आधा सम्पत्ति उनले मेयर भएपछि जोडेका थिए। त्यसको स्रोत खुलाउन नसकेपछि आयोगले मुद्दा दायर गरेको हो।