२०८२ माघ २७

अबैध हतियार सहित रुपन्देहीमा चार जना पक्राउ
  • लुम्बिनी खोज
  • २०७९ बैशाख १९, सोमबार ११:०१ गते

भैरहवा ।
प्रहरीले अवैध हतियारसहित चार जनालाई रुपन्देहीको देवदहबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको देवदह नगरपालिका–६, सताकखोला बस्ने ३६ वर्षीया गणेश राना, सोही ठाउँका ४६ वर्षीया कृष्णबहादुर कामु, ४९ वर्षीया सुनबहादुर आले र ३६ वर्षीया चेतबहादुर दर्लामी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेलले बताए ।
प्रहरीले उनीहरुलाई देवदह– ६ भलुहीस्थित उजेरी पाल्पाली सामुदायिक वन भित्र बाट पक्राउ गरेको हो । भरुवा बन्दुक बोकी हिँडिरहेको भन्ने सुचनाका आधारमा प्रहरीले शनिबार दिउँसो पौने तीन बजे चारैजनालाई एक साथ पक्राउ गरिएको डीएसपी पौडेलले बताए । प्रहरीले उनीहरुको साथबाट ७ नाल भरुवा बन्दुक, उक्त बन्दुकमा लाग्ने छर्रा १२९ पिस, ३२७ ग्राम वारुद, ७५ पिस केप र २ थान फलामको चक्कु बरामद गरेको छ । पक्राउ परेका उनिहरुलाई रुपन्देही जिल्ला अदालतबाट अनुमती लिई थप अनुसन्धान प्रकृया अगाडी बढाएको प्रहरीले जनाएको छ ।