२०८२ पुष २

कालिका कप सुरुः छात्र–छात्रा भलिवल र कवड्डी प्रतियोगीता सुरु
  • लुम्बिनी खोज
  • २०८२ पुष २, बुधबार १३:४२ गते

बुटवल, २ पुस ।
कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सव तथा स्थापना दिवसको अवसरमा आयोजित जिल्ला स्तरिय कालिका कपको पहिलो दिन छात्र छात्रा भलवल प्रतियोगीता सुरु भएको छ । पहिलो दिनको खेलमा छात्र भलिवल तर्फ ६ वटा खेल समापन भएका छन् । पहिलो उजिरसिंह मावि र त्रिभुवन एकेडेमीका विचमा भएकोमा उजिरसिंह मावि विजयी हुँदै अघिल्लो चरणमा प्रवेश गरेको छ । यस्तै दोस्रो खेल ज्ञनोदय मावि र सैनामैना माविका विचमा भएकोमा सैनामैना मावि विजयी भएको छ ।
तेस्रो खेल ईन्टलएक्चुअल एकेडमी र दिप बोर्डीङ्गका विचमा भएकोमा दिप बोडीङ्ग विजयी भएको हो । सेन्ट जोसेफ मावि र शान्ती नमुना माविका विचमा भएकोमा सेन्ट जोसेफ मावि विजयी हुँदै अघिल्लो चरणमा प्रवेश गरेको छ । यस्तै क्यानन मावि र कान्ती माविको विचमा भएकोमा कान्ती मावि विजयी भएको हो । यस्तै ईड्न बोडीङ्ग र नविन औद्योगीक माविका विचमा भएको खेलमा नविन मावि विजयी हुँदै अघिल्लो चरणमा प्रवेश गरेको कालिका कप आयोजक समिति सदस्य शिक्षक हिरामान प्रधानले जानकारी दिए ।
यस्तै छात्रा तर्फको भलिवल प्रतियोगीतामा ४ वटा खेल सम्पन्न भएका छन् । जसमा पहिला मणिमुकुन्द मावि र दिप बोडिङ माविका विचमा भएकोमा दिप बोडिङ मावि विजयी भएको छ । यस्तै शान्ती नमुना मावि र देवदह बुद्ध पब्लिक माविका विचमा भएकोमा देवदह बुद्ध पब्लिक मावि विजयी हुँदै अघिल्लो चरणमा प्रवेश गरेको हो । यस्तै छात्रा तर्फको भलिवल प्रतियोगीताको तेस्रो खेलमा सैनामैना मावि र कान्ती माविका विचमा भएकोमा कान्ती मावि विजयी भएको हो भने मंगलबार भएको अन्तीम खेलमा अक्सफोर्ड मावि बुटवल र सिता माविका विचमा भएकोमा सिता मावि विजयी हुँदै अघिल्लो चरणमा प्रवेश गरेको हो ।
कालिका कप अन्तरगत आयोजना गरिएको जिल्ला स्तरिय कवड्डी प्रतियोगीता छात्र तर्फ ४ र छात्रा तर्फ ४ खेल भएका छन् ।
छात्र तर्फ पहिलो खेलमा नयाँ गाउँ मावि र कान्ती माविका विचमा भएकोमा कान्ती मावि विजयी भएको छ । यस्तै मणिमुकुन्द मावि र क्याननका विचमा भएको प्रतियोगीतामा मणिमुकुन्द मावि विजयी भएको हो । यस्तै कालिका मानवज्ञान मावि र बुद्ध दिप स्कुलमा विचमा भएकोमा कालिक मानवज्ञान मावि विजयी हुँदै अघिल्लो चरणमा प्रवेश गरेको हो । यस्तै पशुपती मावि र त्रिभुवन एकेडमीका विचमा भएको खेलमा त्रिभुवन एकडेमी विजयी भएको हो ।
विद्यालयका खेलकुद संयोजक ओम बहादुर सारुका अनुसार छात्रा कबड्डी प्रतियोगीतामा होराईजन जिविएस र अक्सफोर्ड का विचमा भएकोमा अक्सफोर्ड विजयी भएको छ । भने इन्टेलएक्चुअल मावि ईड्न बोर्डीङ्गका विचमा भएकोमा ईड्न बोर्डीङ्ग विजयी भएको हो ।
यस्तै कान्ती मावि र दिप का विचमा भएकोमा कान्ती मावि विजयी भएको हो । छात्रातर्फको चौथो कबड्डी प्रतियोगीतामा होराईजन बोडीङ्ग र त्रिभुवन एकेडमीका विचमा भएकोमा होराईजन विजयी भएर अघिल्लो चरणमा प्रवेश गरेको खेलकुद समितिका सदस्य शिक्षक हिरामान प्रधान ले जानकारी दिए ।
प्रतियोगीताको शुभारम्भ विद्यालयका पुर्व प्रधानाध्यापक तथा प्रमुख सल्लाहकार बुटवल कालिका क्याम्पसका क्याम्पस प्रमुख घनश्याम पाठक र विद्यालयका प्रधानाध्यापक दिनेश थापाले रेफ्रीलाई खेलकुद सामग्री प्रदान गरी शुभारम्भ गरेको इभेन्ट संयोजक हरिस ओली जानकारी दिए ।