२०८२ पुष ७

सिद्धबाबा सुरुङमार्गको प्रगतिः भौतिक ६३ र वित्तिय ५६ प्रतिशत
  • लुम्बिनी खोज
  • २०८२ पुष ६, आईतवार १५:५७ गते

द्रुत गतिमा काम अगाडि बढाउन भौतिक पूर्वाधारमन्त्री कुलमानको निर्देशन
बुटवल ६ पुस ।
सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–तानसेन सडक खण्डको सिद्धबाबा सुरुङ मार्गको भौतिक प्रगति ६३ दशमलव शुन्य एक प्रतिशत भएको छ । गत माघ ११ गते ब्रेक थ्रु् गरिएको एक हजार १२६ मिटर लामो सुरुङमार्गको वित्तिय प्रगति ५६ दशमलव ३६ प्रतिशत रहेको आयोजनाकी सुचना अधिकारी इन्जिनियर सविता ज्ञवालीले बताइन् ।
सुरुङ मार्ग निर्माण चाइना स्टेट कन्स्टक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाख ४ हजार ७ सय ३४ रुपैयामा ठेक्का लिएको थियो ।
मन्त्रीले लिए जानाकारी
भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले आइतबार सुरुङ मार्गको प्रगतिका बारेमा जानाकारी लिएका छन् । सुरुङ मार्गको अवलोकन गर्दै उनले प्रगतिका बारेमा चासो राखेका हुन् । आयोजनाका प्रमुख नवराज वास्तोलाका अनुसार मन्त्री घिसिङले दुत्र गतिमा काम अगाडी बढाउन निर्देशन दिएका छन् । सुरुङ माग निर्माणका क्रममा देखिएका समस्याहरु निर्माण कम्पनी तथा आयोजनाले मन्त्री समक्ष राखेका थिए । सुरुङ मार्गको तीन वटै बाईपासको ब्रेक थ्रु गत वर्ष नै भएको थियो । तेस्रो र पहिलो को ब्रेक थ्रु अघिल्लो वर्षको भदौ तथा असोजमा भएकोमा दोश्रो बाइपासको ब्रेक थ्रु गत वर्षको पुस ७ गते भएको थियो ।
यहा पहिलो बाइपासको लम्बाई १ सय ५१ मिटर, दोस्रोको १ सय ६१ र तेस्रोको १ सय ३० मिटर लम्बाइ रहेको छ ।
सिद्धार्थ राजमार्ग भएर साना–ठूला दैनिक हजारौं सवारी बुटवलबाट पाल्पा, गुल्मी, अर्घाखाची, स्याङजा, पोखरा, बाग्लुङलगायत लुम्बिनी र गण्डकीका पहाडी जिल्लाहरुमा ओहोर दोहोर गर्छन् ।