२०८१ आश्विन ८

एमालेले बिजय हासिल गरेरै छाड्छ: नेता भुसाल
  • लुम्बिनी खोज
  • २०७९ बैशाख २०, मंगलवार १०:४२ गते

बुटवल ।
एमाले स्थायी समिति सदस्य घनश्याम भुसालले स्थानीय चुनाव एमालेका निम्ति महाभारत भएको भन्दै यसमा विजय हासिल गरेरै छाड्ने बताएका छन् ।
“महाभारत युद्धमा कौरव र पाण्डवहरुबीचको लडाई जस्तै अहिलेको स्थानीय निर्वाचनमा एमाले पाण्डवको भूमिकामा छ,” उनले भने– महाभारतको लडाई पाण्डवले जितेजस्तै स्थानीय निर्वाचन एमालेले जित्छ ।” एमाले यस निर्वाचनमा पाण्डवको रुपमा खडा भएको उनको भनाई छ ।
महाभारतमा सत्य र न्यायको लागि लडाई भएजस्तै यसपालीको निर्वाचन पनि एमालेका लागि सत्य र न्यायको लागि भएको भुसालले बताए । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १३ मा आयोजित मतदाता भेटघाट कार्यक्रमलाईं संबोधन गर्दै नेता भुसालले यस्तो बताएका हुन् ।
रुपन्देहीको तिलोत्तमामा आयोजित चुनावी कार्यक्रमलाई संबोधन गर्दै एमाले नेता भुसालले तिलोत्तमाले विकासमा राष्टिय पहिचान बनाइसकेको भन्दै अवको चुनाव जित्न यसैलाई आधार बनाउन सकिने बताए । “यहाँ पाँच वर्षमा प्रयाप्त पूर्वाधारको विकास भएको छ, अव यसैको जगमा टेकेर थप विकासका कार्यक्रमहरु अघि बढ्छन्, त्यसका लागि एमालेको नेतृत्व आवश्यक छ ”, भुसालले भने । तिलोत्तमामा एमालेका तर्फबाट अगाडि सारिएका उम्मेदवारको अन्य पार्टीका उम्मेदवारसँग तुलनै हुन नसक्ने भन्दै उनले योग्यता, क्षमता, अनुभव, आन्दोलन, विभिन्न क्षेत्रमा योगदान र सक्रियताको हिसावले एमालेले सबै हिसावले क्षमताबान उम्मेदवारलाई अगाडि सारेकोले निर्धक्क भएर मतदान गर्न आग्रह गरे । एमालेका उम्मेदवारको तुलनामा अरु कोही उम्मेदवार योग्य छन् भने सार्वजनिक बहस गर्न तयार रहेको भुसालले दावी गरे ।