२०८२ पुष १३
बुटवल १३ पुस ।
नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. देवीनगर, बुटवल ११ रुपन्देहीमा स्वर्ण महोत्सवको तयारी गरिएको छ ।
वि.सं.२०३३ सालमा स्थापना भएको यस विद्यालयले स्वर्ण महोत्सव विभिन्न कार्यक्रमका साथ मनाउने भएको छ विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतका अनुसार आँखा शिविर, रक्तदान देखि विभिन्न प्रतियोगिताका साथ रचनात्मक कार्यक्रमका साथ महोत्सव मनाउन लागिएको छ ।
सामुदायीक तर्फ मुलुकका केही उत्कृष्ट विद्यालय मध्येमा पर्ने यस विद्यालयमा नेपालका ५८ वटा जिल्लाका विद्यार्थीहरू अध्ययनरत रहेको बस्नेतले बताए । पूर्ण अंग्रेजी माध्यममा पठनपाठन हुने यस विद्यालय विद्यार्थी संख्याका आधारमा नेपालमा पाँचौं विद्यालयमा पर्दछ । यहा करिब ५०६४ जना विद्यार्थी रहेका छन् ।
त्यस्तै यहा राष्ट्रिय सेवा दलद्वारा सिनियर डिभिजन २० औं क्याडेट संचालनमा छ । जसमा १५ छात्र र १५ छात्रा रहेका छन् । नेपालमा आ.व. २०८१।८२ मा सात प्रदेशका ४२ वटा विद्यालयहरूमध्ये शैक्षिक असल अभ्यास (GEP) मा नेपाल द्वितीय भएको यस विद्यालयले अस्ट्रेलियाको राजधानी क्यानबेरामा २३ अक्टोबर २०२४ मा Best Principal Award प्राप्त गरेको थियो ।
ब्रिटिस काउन्सिलबाट ISA २०१७-२०२० र २०२१-२०२४ प्राप्त यस विद्यालय कलेज रिडर्सद्वारा २०२२ मा दुबईमा Best Community School बाट सम्मान भएको थियो ।
२०८१ को SEE परीक्षामा रुपन्देही जिल्लामा उत्कृष्ट परीक्षा केन्द्र घोषणा भई सम्मानित भएको यस विद्यालयमा विद्यार्थीको नेतृत्व र व्यक्तित्व विकासमा विद्यार्थीहरूद्वारा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उद्घोषण गर्ने, विद्यार्थीहरूद्वारा फिल्ड भिजिट तथा प्रयोगात्मक अभ्यासका अनुभव अंग्रेजीमा व्यक्त गर्ने गरेको प्रध्यानाध्यापक बस्नेतले बताए ।
नवीन सिभिल इन्जिनियरिङमा (कक्षा ९–१२) मा नेपालमै उत्कृष्ट रहेको र एमबिबिएसमा प्रत्येक वर्ष नाम निकाल्न सफल रहेको उनले बताए । यहा अखिल नेपाल फुटबल संघ (Anfa) का १२ जिल्लाका ३० जना खेलाडीहरू अध्ययन गर्छन भने कक्षा ११ र १२ मा व्यवस्थापन, सिभिल इन्जिनियरिङ, विज्ञान, कानुन र शिक्षा समूह अध्यापन हुने गर्दछ । यस विद्यालयबाट २०८१ को SEE मा आर्यन पौडेलले ४ जिपिए सहित ९४% विद्यार्थी उत्तीर्ण भएका थिए ।
२०८२ को कक्षा १२ को बोर्ड परीक्षामा व्यवस्थापन समूहका माधव खनाल ३.९४ जिपिए ल्याई नेपाल द्वितीय र विज्ञान समूहका राजु यादव ३.९४ जिपिए ल्याई नेपाल तृतीय र चिकित्सा शिक्षा आयोगद्वारा लिइएको एमबिबिएसमा सामुदायिक विद्यालयको तर्फबाट ५५ औं रेंकमा नाम निकाल्न पवन पौडेल र शिशिर राना मगरले पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन् ।
विद्यालयमा शिक्षक तथा कर्मचारी गरी १८४ जना कार्यरत रहेका छन् । विभिन्न क्षेत्रमा यहाका विद्यार्थीले उत्कृष्टता हासिल गरेको विद्यालयले जनाएको छ । लुम्बिनी प्रदेश नमुना विद्यालयका रुपमा रहेको नवीन विज्ञान प्रवर्द्धन कार्यक्रम अन्तर्गत नेपालमा ११४ वटा विद्यालयमा छनौट भएको छ ।
विद्यालयले आइतबार पत्रकार सम्मेलन गरी स्वर्ण महोत्सव विभिन्न कार्यक्रम गरी मनाउन लागिएको जानाकारी गराएको छ । पत्रकार सम्मेलनमा वोल्दै प्रधानाध्यापक बस्नेतले विभिन्न रचनात्मक कार्यक्रमका साथ मनाउन लागिएको बताए । कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले प्रधानाध्यापक बस्नेतको नेतृत्वको टिमको मिहिनेतले विद्यालयमा शैक्षिक गुणस्तर राम्रो बनेको धारणा राखे । पत्रकार सम्मेलनमा दिइएको जानाकारी अनुसार विद्यालयले स्वर्ण महोत्सव तथा अभिभावक दिवस २०८२ मूल समारोह बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयको प्रमुख आतिथ्यतामा यही पुस २२ गते सम्पन्न गर्नेछ ।
नवीनले यी कार्यक्रम गरी मनाउदैंछ स्वर्ण महोत्सव
२०८२ पौष ११ गते ८ बजेः खेल सप्ताह शुभारम्भ
२०८२ पौष १२ गतेः भूतपूर्व विद्यार्थी पुनर्मिलन समारोह (तेज बहादुर रानाको अध्यक्षतामा २१ सदस्य नवीन एल्मुनाई गठन)
२०८२ पौष १३ गते ३ बजेः पत्रकार सम्मेलन
२०८२ पौष १४ गतेः जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता प्रमुख अतिथि विष्णु प्रसाद पन्थी इकाइ प्रमुख शिक्षा विकास तथा समन्वय इकाइ रुपन्देही
२०८२ पौष १७(१८ गतेः नगर स्तरीय अन्तर विद्यालय छात्र भलिबल प्रतियोगिता
२०८२ पौष २० गतेः आँखा शिविर बिहान ८ बजेबाट
२०८२ पौष २१ गतेः रक्तदान कार्यक्रम बिहान ८ बजेबाट
२०८२ पौष २२ गतेः मूल समारोह बिहान १० बजेआसन ग्रहण, स्वागत, झण्डोत्तलन तथा स्वर्ण महोत्सव स्तम्भ २०८२ को अनावरण, स्वर्ण महोत्सव दर्पण विमोचन, राष्ट्रिय सेवादल, स्काउट र अन्य विद्यार्थीहरूबाट मार्चपास, सांस्कृतिक कार्यक्रम, प्र.अ. द्वारा वार्षिक प्रतिवेदन प्रस्तुत, शुभकामना
आसन ग्रहण, स्वागत, झण्डोत्तलन तथा स्वर्ण महोत्सव स्तम्भ २०८२ को अनावरण, स्वर्ण महोत्सव दर्पण विमोचन, राष्ट्रिय सेवादल, स्काउट र अन्य विद्यार्थीहरूबाट मार्चपास, सांस्कृतिक कार्यक्रम, प्र.अ.द्वारा वार्षिक प्रतिवेदन प्रस्तुत, शुभकामना
