२०८२ माघ १८
बुटवल, १९ पुस ।
कोरापानी बचत समुहको अध्यक्षमा पुन यदुमणी पोखरेल चयन भएका छन । शनिबार बुटवलमा भएको तेश्रो साधारण सभा तथा दोश्रो अधिबेशनबाट सचिबमा दिपक पोखरेल ,कोषाध्यक्षमा प्रकाश पोखरेल चयन भएका छन । त्यस्तै सदस्यहरुमा भरत पाण्डे , नरेश पोखरेल , कमल भण्डारी र सीता पोखरेल चयन भएका छन ।
गुल्मी धुर्कोट गाउपालिका जैसिथोक कोरापानी जन्मघर भई हाल रुपन्देहीमा बसोबास गर्नेहरु बिचमा आपसी भाइचाराको सबन्ध स्थापित बनाउने र आर्थिक उन्नती गर्ने उदेश्यका साथ समुहको गठन गरिएको थियो । अधिबेशनमा बोल्दै जेष्ठ सदस्य तथा कार्यक्रमका प्रमुख बक्ता नरेन्द्र पोखरेलले ब्यक्तिले थोरै थोरै जम्मा गरेको रकम सदस्यहरुलाई आर्थिक लाभ हुने हिसाबले समुहले काम गर्नु पर्ने बताए ।
कार्यक्रममा समाजसेबी राम प्रसाद पोखरेल , तारा खनाल लगायतले बोल्दै समुहबाट संकलित रकम केही भाग जन्मथलोमा सामाजिक उत्तर दाहित्य बहन गनुपर्ने कुरामा जोड दिएका थिए ।
कार्यक्रममा सदस्य ज्ञानिश्वर पोखरेल , सीता पोखरेल लगायतले समुहको बारेमा धारणा राखेका थिए ।
कार्यक्रममा समुहका अध्यक्ष यदुमणी पोखरेलले अध्यक्षको प्रतिबेदन र कोषाध्यक्ष प्रकाश पोखरेलले कोषाध्यक्षको प्रतिबेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रमा स्बागत मनतब्य भरत पाण्डेले राखेका थिए भने कार्यक्रमको सञ्चालन दिपक पोखरेलले गरेका थिए ।