२०८२ पुष २१
बुटवल २० पुस ।
उद्योग ब्यापार संघ बुटवलको अध्यक्षमा लोकनाथ पन्थी चयन भएका छन् । संघको सातौं साधारणसभा तथा चौथो अधिवेशनबाट यसअघि वरिष्ठ उपाध्यक्ष रहेका पन्थी अध्यक्षमा चयन भएका हुन् । अधिबेशनले पन्थीको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । संघको वरिष्ठ उपाध्यक्षमा पदम जिसी ,उद्योग उपाध्यक्षमा केशव श्रीस मगर ,वाणिज्य उपाध्यक्षमा यमलाल मरासिनी, महिला उपाध्यक्षमा माया पाण्डे, महासचिवमा बिजय आचार्य, कोषाध्यक्षमा दिलिप शर्मा , सचिवमा सौरभ भुसाल र सहकोषाध्यक्षमा बिनोद आचार्य निर्वाचित भएका प्रमुख निर्वाचन अधिकृत दामोदर घिमिरेले जानकारी दिए ।
यस्तै कार्यसमिति सदस्यहरु कृष्ण प्रसाद भुसाल न्याजुद्धिन मियाँ,नारायण प्रसाद पाण्डे, बिनोद खाती, बिशाल पन्थी, प्रशान्त बन्जाडे जीवन बुढाथोकी, भरत अधिकारी, केशव पौडेल, तिलकराम पाण्डे,लक्ष्मण ज्ञवाली, प्रकाश भण्डारी, भविश्वर ढकाल र छविलाल खनाल निर्वाचित भएका छन् ।
संघका नवनिर्वाचित अध्यक्ष पन्थीले ‘स्वाधीन अर्थतन्त्र निमाृणका लागि राष्ट्रिय औद्योगिकरण तथा ब्यापार विविधिकरण’ लाई केन्द्रमा राखेर सदस्यता विस्तार,सचिवालय भवनका लागि जग्गा प्राप्ति र भवन निर्माण तथा आगामी वर्षको पुस पहिलो हप्तादेखि बुटवल मण्डपमा राष्ट्रियस्तरको औद्योगिक ब्यापार मेला आयोजना आफ्नो प्राथमिक कार्यभार रहने बताए ।